+
+
Shares

वातावरण जोगाउन मेची-महाकाली साइकल यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ५ गते १५:१५

Saroj
५ फागुन, काठमाडौं । ‘साइकल चढौं, प्रदुषण घटाऔं, स्वच्छ बन्नका लागि वातावरण बचाउँ’ भन्ने अभियान बोकेर मेची महाकाली साइकल यात्रा सुरु गरेका दुई जना यूवाहरु तेस्रो दिन सप्तरी आइपुगेका छन् ।

त्रि-चन्द्र क्याम्पसका वातावरण विज्ञानका विद्यार्थी सरोज अर्याल र माधव अधिकारीले फागुन दुई गतेदेखि झापाको काकडभिट्टाबाट यात्रा सुरु गरेका थिए ।

एक हजार २८ किलोमिटर यात्रा दैनिक ५० किलोमिटरका दरले २४ दिनमा पुरा गर्ने लक्ष्य यूवाले लिएका छन् । यात्राको क्रममा करिव १० हजार सर्वसाधारणलाई फोटो तथा प्रशिक्षणको माध्यमबाट जलवायु परिवर्तन र यसले पारेको असरका बारेमा सुशुचित गर्ने योजना रहेको छ ।

‘विश्वमा वातावरण प्रदुषण हुँदै गएकाले सर्वसाधारणलाई यसको असरका बारेमा जनचेतना फैलाई रोकथामका लागि घच्घचाउन मेची महाकाली साइकल यात्रा सुरु गरेका हौं’ अर्यालले भने- ‘हामीलाई यात्राको क्रममा नागरिक समाजबाट राम्रो रेस्पोन्स आइरहेको छ ।

अभियानकर्ता अर्याल गुल्मी सिमलटारीका हुन् भने अधिकारी तनहुँका हुन् । उनीहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले साष्ट्रिय झण्डा हस्तान्तरण गरेर विदाई गरेका थिए ।

२४ दिनको यात्रामा उनीहरुले १० हजार व्यक्तिहरुको हस्ताक्षर गर्ने लक्ष्य राखेका छन् । उनीहरको यात्रा फागुन २६ गते महेन्द्रनगर पुगेर समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?