Comments Add Comment

‘बाल माओवादी’ले घेरे जिल्ला प्रशासन (भिडियोसहित)

Student Protest Against Acid Attack (1)

१२ फागुन, काठमाडौं । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राङ्गण एकाएक विद्यालयको मैदानजस्तै बन्यो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित अखिल क्रान्तिकारीले शान्ति सुरक्षाको माग गर्दै धर्ना दिने कार्यक्रम थियो ।

धर्नामा एकाएक विद्यालयकै पोशाकमा स-साना केटाकेटी र किशोर किशोरीहरु देखा परे । उनीहरु कलम र तारा अंकित रातो झण्डामा सजिएका थिए ।

केहीबेर जिल्ला प्रशासन कार्यालय विद्यालय प्राङगण भन्दा कम देखिएन । फरक यत्ति थियो कि उनीहरूले हातमा झण्डा तथा प्ले कार्ड बोकेर नारा लगाइरहेका थिए ।

हेर्नुस् भिडियो –

नारा लगाउँदा गलेका कतिपय केटाकेटीहरु संगठनले थमाएको झण्डा भुइँमा ओछ्याएर बसे ।

Students ralley 2

केही वालवालिकाले असफल गृह प्रशासन मूर्दावाद लेखिएको प्लेकार्ड बोकेका थिए भने केहीले किशोरीमाथि तेजाव खन्याउने घटनामा संलग्नमाथि कारवाहीको माग  गरिएका प्लेकार्ड बोकेका थिए ।

प्रशासन कार्यालय घेराऊको एजेन्डा तेजाव आक्रमणको विरोधमा थियो । एकातिर सामाजिक सुरक्षाको एजेन्डा र अर्कातिर राता क्रान्तिकारी झण्डाहरुको प्रयोगले केही फरक अनूभूति दिइरहेको प्रतीत हुन्थ्यो ।

प्रदर्शन हेर्दा यस्तो लाग्थ्यो उनीहरु ‘बाल माओवादी’हरु हुन् ।

Student Protest Against Acid Attack (2)Student Protest Against Acid Attack (5)

भिडियो हेर्नुस् 

Student Protest Against Acid Attack (6) Student Protest Against Acid Attack (7) Student Protest Against Acid Attack (9)

तर, महिला हिंसाको विरोधमा शहरका बालवालिका यसरी सडकमा आउँदा उनीहरुमा पनि राजनीति र सामाजिक समस्याप्रति चासो बढ्ने दाबी अखिलका नेताहरुको छ ।

बसन्तपुरमा हात बाँधेर प्रदर्शन

Protest aginst Women Voilance

यसैवीच मंगलबार नै काठमाडौंको बसन्तपुरमा महिला अधिकारकर्मीहरुले तेजाव आक्रमणको घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै डोरीले हात बाँधेर प्रदर्शन गरेका छन् । निर्णय फाउण्डेसनले बसन्तपुरमा सो प्रदर्शन गरेको हो ।

Protest aginst Women Voilance 2 Protest aginst Women Voilance 3

नोटः यसअघि समाचारमा विप्लव नेतृत्वको नेकपा माअाेवादी हुनुपर्नेमा एमाअाेवादी भएकाले सच्याइएको छ -सं.

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment