Comments Add Comment

‘समर लभ’ नाममा बन्यो चलचित्र, लेखकले भने-‘मेरो घोर आपत्ती छ’

kabita-and-summer-love
चलचित्र समर लभ की निर्मात्री कविता श्रेष्ठ र सभर लभ पुस्तकको कभर

सुबिन भट्टराइले लेखेको पुस्तक ‘समर लभ’ सर्वाधिक चर्चित बन्यो । यो पुस्तक पढेर थुप्रै पाठक प्रभावित पनि बने । अब यही नाममा चलचित्र बनेको छ । थाइल्याण्डमा सुटुक्क छायांकन सकेर यसको निर्माणपक्ष काठमाण्डौ फर्किसकेको छ ।

चलचित्रको निर्देशन संचारकर्मी सुनिल भट्टले गरेका हुन् । करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिएको हो । कविता श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा अधिकांश नयाँ कलाकार छन् । निर्मात्री कविता श्रेष्ठले चलचित्रको नाम ‘समर लभ’ भएपनि यसको कथावस्तु सुविन भट्टराइको पुस्तकबाट नलिइएको बताइन् । उनले नाममा आफूहरुलाई कपिराइट नलाग्ने बताइन् । उनले यो चलचित्र पूर्णतया प्रेमकथामा आधारित रहेको समेत खुलाइन् ।

निर्माणपक्षले चलचित्रको नाम सार्वजनिक नगरी सुटुक्क छायांकन गर्नुको अर्थ पनि विवादमा पर्ने सोचेर हुनसक्छ । यता, ‘समर लभ’ पुस्तकका लेखक सुविन भट्टराइले यस्तो काम कसैले पनि नैतिकताको आधारमा पनि गर्न नहुने बताए ।

उनले भने-‘यसमा मेरो घोर आपत्ती छ । एक चर्चित पुस्तकको नाम लिएर चलचित्र बनाउँदा चर्चामा आउने आशले उहाँहरुले यसो गरेको हुनसक्छ ।’ सुविनले दर्शकले ‘समर लभ’को कथा संझेर हलमा जाने र पर्दामा नपाउँदा निराश हुने अवस्था आउनेमा समेत सचेत गराएका छन् । उनले आफूले यो कुरा सुन्दा छक्क परेको बताए ।

चलचित्रमा अमिर शेख, मरिस्का पोख्रेल, आकर्षण पोख्रेल र थाइल्याण्डमा रहेका २ कलाकारले अभिनय गरेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अर्जुन पोख्रेलको संगीत छ । चलचित्रको पोष्ट प्रोडक्शनको काम भैरहेको छ । निर्मात्री श्रेष्ठले अर्को बर्ष यो चलचित्रलाई प्रदर्शन गर्ने बताइन् ।  कविताले यसअघि चलचित्र ‘प्लान, बरदान र ढुवानी’ निर्माण गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment