भरतबन्धु थापा
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले वीपी कोइराला ऐतिहासिक फोटो प्रदर्शनी यात्राको सुरुवात गरेका छन् । यात्राको तयारी गरिरहेको संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहलाई वीपीको फोटो हस्ताक्षण गर्दै कोइरालाले यात्राको सुरुवात गरेका हुन् ।
फोटोमा कोइरालाले हस्ताक्षर गरेका छन् । वीपीका दुलर्भ ऐतिहासिक फोटोहरुको पर्दशनी यात्राको पहिलो श्रृंखला सुदुर पश्चिमको महाकाली पारीको भुभाग दोधारा चाँदनीमा हुनेछ । प्रदर्शनी सबै जिल्लालाई समेटिने गरी एकसय एक स्थानमा गरिनेछ ।
प्रधानमन्त्री कोइरालाले वीपीको तस्वीर र हस्ताक्षर अंकित टिसर्ट पनि सार्वजनिक गरेका छन् । कोइरालाले हस्ताक्षर गर्नु भएको उक्त टिसर्ट अन्तरालले प्रदर्शनीमा राख्ने भएको छ ।

प्रतिक्रिया 4