+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
27/0 (3.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

स्मार्ट कपः जसले तपाइको पेय पदार्थको नालीबेली बताइदिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २९ गते ८:४०

Vessyl-Smart-Cup-1
मानिसको दैनिक जिवनपद्धतिमा स्मार्ट प्रविधिले प्रवेश पाइसकेको छ । विकशित देशहरुमा स्वास्थ्य सम्बन्धि स्मार्ट वेयरहरु पछिल्लो समय लोकपि्रय समेत बन्दै गएका छन् र वैज्ञानिकहरुले एक पछि अर्को गर्दै विभिन्न खाले जिवनोपयोगी स्मार्ट ग्याजेटहरुको विकाश गरिरहेका छन् । यहीँ मेलोमा वैज्ञानिकहरुले स्मार्ट कप को आविष्कार गरेका छन् ।

अमेरिकाको सन फ्रान्सिस्कोका वैज्ञानिकहरुले भेसिल नामक स्मार्ट कपको निर्माण गरेका हुन् ।

यो स्मार्ट कप अवश्य पनि प्रयोगकर्ताको स्वास्थ्य मजबुत बनाउन सहयोगी हुनेछ । यो कपमा हालेर तपाइँ जुन पेय पदार्थ पिउनुहुन्छ यसले उक्त पेय पदार्थ कस्तो खालको पेय हो भन्ने कुरा मात्र होइन उक्त पेयमा कति मात्रामा क्यालोरी, सुगर, प्रोटिन, फ्याट तथा क्याफाइन लगायतका तत्वहरु छन् भन्ने कुराको समेत जानकारी दिनेछ ।

हेर्दा सामान्य मग जस्तो लाग्ने यो स्मार्ट कपमा ३८५ मिलिलिटर तरल पदार्थ अटाउँछ ।

यो स्मार्ट कपलाई आफ्नो एन्ड्रोइड वा एप्पललको स्मार्टफोनसँग आबद्ध गर्न सकिन्छ र यसले ब्लुटुथ मार्फत पठाएका डाटाहरु स्मार्टफोनमा हेर्न र थाहा पाउन सकिन्छ ।

Vessyl-SmartCup-2यो कपमा पेय पदार्थ पिउँदा दिनभरमा कति मात्रामा कुन पेय पदार्थ पिइयो ? क्यालोरी आवश्यकता कति हो ? घटबढ कति भयो ? कतै धेरै पो पिइयो की ? भन्ने विषयमा समेत जानकारी यो कपले प्रदान गर्दछ ।

यो स्मार्ट निर्माण गर्ने कम्पनी मार्क वनका सिइओ जस्टिन लीले मानव स्वास्थ्यका दृष्टिले आवश्यक सबै प्रविधिलाई यो एउटै कपभित्र राखिएको दाबी गर्छन् ।

यो कप सेतो, खैरो र कालो गरी ३ रङमा उपलब्ध छ । कम्पनीको वेबसाइटमा उल्लेख भए अनुसार निकट भविष्यमै बजारमा पठाइने यो स्मार्ट कपको प्रिअर्डर खुल्ला भएको छ र १ सय १९ डलरमा यो कप अर्डर गर्न सकिनेछ ।

Vessyl-Smart-Cup-3यो कप सिसा जस्तो पदार्थबाट बनेको छ । यसको सतहमुनि कम्प्युटिङ पावर रहेको र सोही कारण कप स्मार्ट बनेको बताइएपछि यो स्मार्ट कपको स्मार्ट प्रविधिका विषयमा भने कम्पनीले खुलासा गरेको छैन । एक घण्टासम्म चार्ज गरेपछि यो कपले ५ देखि ७ दिनसम्म काम गर्नेछ र तार विनै यसलाई चार्ज गर्न सकिने बताइएको छ ।

Vessyl-Smart-Cup-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?