Comments Add Comment

अरुलाई ‘मुर्गा’ नवनाई डुब्दा खुशी नम्रता

namrata shrestha
चलचित्रले असफल व्यापार गर्दा निर्माताहरुलाई तनाव हुन्छ । आफ्नो लगानी डुबेकोमा उनीहरु चिन्तित हुन्छन् । तर, नेपाली चलचित्रकी नायिका नम्रता श्रेष्ठ भने यो बर्षभरी एउटा मात्र हिट चलचित्र दिएर अरु असफल हुादा पनि खुशी छिन् । उनको खुशी आफैले निर्माण गरेको चलचित्र असफल हुनुमा हो ।

नम्रताले बनाएको चलचित्र ‘सोल सिस्टर’ असफल भएको थियो । चलचित्रको व्यापार कमजोर बनेपनि नम्रताले अरुलाई मुर्गा नबनाएको बताइन् । उनले आफू नै डुबेपनि अर्को व्यक्तिलाई मुर्गा बनाएर नडुबाएकोमा खुशी व्यक्त गरिन् ।

नम्रताले अभिनय गरेका ‘ताण्डव, सोल सिस्टर र सम्बोधन’ असफल बनेका थिए । उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ले मात्र यो बर्ष व्यापार गतिलो गरेको थियो ।

नम्रताको पहिलो अनुभव नै महंगो भएको वुझाई छ । चलचित्र निर्माणमा हात हाल्नका लागि उनले बनाएको एउटा चलचित्रको पुरै लगानी डुबेको छ । तर, पनि नम्रताले पहिलो चलचित्रबाट आफूले धेरै कुरा सिकेको बताउाछिन् । उनले फेरि अन्य चलचित्रको निर्माणमा पनि अगाडि बढ्ने बताइन् । जसका  लागि उनले चलचित्रको बिषयवस्तु भने व्यवसायिक खोज्ने बताइन् ।

नायिका नम्रता श्रेष्ठले अभिनय गरेका चलचित्रले व्यापारिक रुपमा कमजोर व्यापार गरिरहेका छन् । तर, पनि उनको हातमा चलचित्रको अभाव भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment