+
+
Shares

पर्यटन बाेर्डमा भ्रष्टाचार : को-को विरुद्ध भयो मुद्दा दायर ? कसले कति गरे भ्रष्टाचार ?

२० चैत, काठमाडौं । नेपाल पर्यटन वोर्डको भ्रष्टाचारमा संलग्न २३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरिएको हो । भ्रष्टाचार मुद्दा पर्नेमा दुई जना बहालवाला सचिव र एकजना पूर्वसचिव परेका छन् । बहालवाला सचिवमा वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल र नेेपाल कानुन आयोगका सचिव रञ्जनकृष्ण अर्याल रहेका छन् । पूर्वसचिवमा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सुशील घिमिरे छन् । पौडेल र अर्याल वोर्ड सञ्चालक समितिका सदस्य थिए भने घिमिरे अध्यक्ष थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १७:२६

Natibabu,-Special-Court

  • विशेष अदालतका रजिष्ट्रार नातिबाबु लामिछाने । अख्तियारले पेश गरेको कागजात अध्ययन गर्दै ।

नविन अर्याल

२० चैत, काठमाडौं । नेपाल पर्यटन वोर्डको भ्रष्टाचारमा संलग्न २३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरिएको हो ।

भ्रष्टाचार मुद्दा पर्नेमा दुई जना बहालवाला सचिव र एकजना पूर्वसचिव परेका छन् । बहालवाला सचिवमा वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल र नेेपाल कानुन आयोगका सचिव रञ्जनकृष्ण अर्याल रहेका छन् ।

पूर्वसचिवमा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सुशील घिमिरे छन् । पौडेल र अर्याल वोर्ड सञ्चालक समितिका तत्कालिन सदस्य र घिमिरे तत्कालिन अध्यक्ष हुन् ।

अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी र वनमन्त्रालयका सहसचिव मेघबहादुर पाण्डे विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कस्ले कति खाए ?

सबैभन्दा धेरै भ्रष्टाचार गर्नेमा निलम्वित कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौला रहेका छन् । अख्तियारले उनलार्इ ३३ करोड ७२ लाख ५५ हजार रुपैयाँ बिगो रकम दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

corruption name list

यसैगरी टुरिजम बोर्डका कर्पोरेट महाशाखाका निमित्त निर्देशक अनिलकुमार दासलार्इ १७ करोड ९४ लाख र निर्देशक हिक्मतसिंह ऐरलार्इ १६ करोड ५४ लाख ६३ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पर्यटन वोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले २८ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

तत्कालनि बोर्ड अध्यक्ष सुशील घिमिरे, सदस्यद्वय मेघ बहादुर पाण्डे, पम्फादेवी धमला, हाल कायम सदस्यहरू रतिस चन्द्रलाल सुमन, रेवत बहादुर थापा, ध्रुवनारायण श्रेष्ठ र फुरगेल्जे शेर्पाले खर्च अनुमोदन गरी ११ करोड २८  लाख ९५ हजार ३६ रूपैयाँ हानिनोक्सानी पुराएको अख्तियारले जनाएको छ ।

त्यसैगरि, डिल्ली प्रसाद सापकोटा, टिकाराम सापकोटा, शरदचन्द्र पौडेल र रञ्जन कृष्ण अर्यालले नियमावली संसोधन गरेर बोर्डमा ६१ लाख २८ हजार २ सय ७७ रूपैयाँ हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

अरु को-को परे ?

मुद्दा दायर भएका अन्यमा पर्यटन वोर्डका निमित्त कार्यकारी अधिकृत नन्दिनी लाहे थापा, वोर्डका वरिष्ठ निर्देशक आदित्य बराल, निर्देशक काशीराज भण्डारी, निमित्त निर्देशक ध्रुव राई, वरिष्ठ प्रवन्धक दिवाकर राणा तथा प्रवन्धकद्वय लक्ष्मण गौतम, लिलाबहादुर बानिया र पर्यटन व्यवसायी महेन्द्र खनाल रहेका छन् ।

सुवास निरौला
सुवास निरौला

विशेष अदालतमा अख्तियारबाट वकिल सुदर्शन लामिछाने र अनुसन्धान अधिकृत एसएसपी यादवराज खनाल नेतृत्वको टोली पुगेर मुद्दा दायर गरेको हो ।

२९ कर्मचारीलार्इ साक्षीकाे रूपमा प्रस्तुत

बोर्डका अन्य २९ कर्मचारीलाई हस्ताक्षर गर्न दबाव दिएको दाबी गर्दै अख्तियारले आफ्ना अनुसन्धान अधिकृतलाई सहयोग पुराएकाले सजायको हकमा पूर्ण छुट गर्न अनुरोध गर्दै उनीहरूलार्इ सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको छ ।

अख्तियारले साक्षीको रूपमा राखेकाहरुमा उदय भट्टराई, नविन पोख्रेल, शरद प्रधान, प्रदीप पौडेल, गोविन्दराज ओली, उज्जला दली, मणिराज लामिछाने, सुनिल शर्मा छन् ।

यसैगरी विमल शर्मा कँडेल, समिर बज्राचार्य, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, सूर्य थपलिया, सुमन घिमिरे, रोहिणी प्रसाद खनाल, दीपकराज जोशी, सुदन सुवेदी, सन्तोष विक्रम थापा, लेखनाथ भुसाल, श्रद्धा श्रेष्ठ, प्रदीप बस्नेत पनि भ्रष्टाचार आरोपीको सूचीमा छन् ।

अर्चना केसी, खड्कविक्रम शाह, खेमराज तिमल्सिना, जानकी प्रसाद उपाध्याय र मदनकुमार लामिछानेलाई पनि भ्रष्टाचार आरोप लागेको छ ।

बोर्डमा यसरी भयो भ्रष्टाचार/अनियमितता

पर्यटन बोर्डमा भएको भ्रष्टाचार तथा अनियमितता छानविन गर्न गठित समितिले करोडौं रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो ।

सहसचिव पूर्णचन्द्र भट्टराईको समितिले बोर्डमा भ्रष्टाचार भएको ठहर गरेपछि व्यवस्थापिका संसदको लेखा समितिले कामु कार्यकारी प्रमुख सुवास निरौलालाई तत्काल निलम्बन गरि थप छानविन गरेर कारबाही गर्न सुझाव दिएको थियो । समितिले छानविनका क्रममा यसरी भ्रष्टाचार गरेको पाएको थियो ।

नेशनल टुरिज्म फेयर कार्यक्रममा आर्थिक कार्यविधि पालना नभएको, रेडियो, टेलिभिजन मार्फत गर्नुपर्ने प्रचार-प्रसारको काम प्रतिस्पर्धा नगराई बोलपत्र छल्ने उद्देश्यले पटक-पटक भुक्तानी मेमोबाट सोझै खरीद गरेको र उक्त भुक्तानी एउटै व्यक्ति सम्वद्ध धेरै निकायलाई गरियो ।

आर्थिक विनियमावली सार्वजनिक खरीद कानुन विपरीत बनाएको ।

टिम्स कार्ड छपाइ तथा अधिकांश प्रचार-प्रसार सामाग्री सीमित पार्टीहरु मार्फत दरभाउ पत्रबाट गराएको । टिम्स कार्डबाट उठेको रकम पर्वतीय पर्यटन विकासमा प्रयोग भएको अभिलेखबाट नदेखिएको । टिम्स वापतको खर्चको श्रेस्ता दुरुस्त नरहेको, प्रतिस्पर्धा नगराई खर्च गरेको ।

 TRPAP ले छोडी गएको ल्यापटप, प्रोजेक्टर आदि खर्च नहुने जिन्सी खातामा आम्दानी बाँधेको तर, तत्कालीन स्टोर कर्मचारीका अनुसार ती सामान कार्यकारी अधिकृतले घरमा लगेको भन्ने मौखिक जानकारी दिएको ।

कर्मचारी आवश्यक भएमा दरबन्दी स्वीकृत गराई बोर्डको कर्मचारी प्रशासन विनियमावली बमोजिम पदपूर्ती गर्नुपर्नेमा घुमाउरो पारामा इन्टर्नमा राखेको ।

नेपाल पर्यटन भ्रमण वर्ष २०११ मा १० करोड रुपैयाँभन्दा उपलब्धीविहीन कार्यमा खर्च गरेको, पदीय आचरणविपरीत छोरीको म्यागजिन इसीएसलाई मासिक एक लाख रुपैयाँका दरले १२ लाख रुपैयाँ उपलब्ध गराएको, दिल्लीमा गई बीबीसीसँग २ करोड कमिसन लिने गरी १३ करोडको विज्ञापन दिएको ।

सुवास निरौलाले विदेश भ्रमणमा जाँदा नक्कली बिल राखी भक्तानी लिएको सम्बन्धमा उक्त कागजातहरु स्थानिय भाषामा रहेकोले समितिले छानविन गर्न नसकेको ।

दोहा कतार प्रवर्द्धनमा जाँदा भएका खर्चको बिल भर्पाइ, कार्यक्रमको फोटो एवं अन्य प्रमाणहरु प्रयाप्त नभएको, तत्कालीन पर्यटनमन्त्रीका आफन्तहरु १४ जनालाई करारमा राखेको सम्बन्धमा उजुरीमा उल्लेख भएबमोजिम श्रीमती सहनशिला श्रेष्ठलगायत केही कर्मचारीहरुबाट करारमा लगाएको, त्यसरी करारमा लिँदा सार्वजनिक सूचना जारी गरी प्रतिस्पर्धा नभएको ।

विभिन्न ३ कर्मचारीको नाममा २०६८/०६९ मा ५१ लाख ९८ हजार ५९ रुपैयाँ, २०६९/७० मा एक करोड १२ लाख ३० हजार ९ सय ४० रुपैयाँ र २०७०/०७१ मा एक करोड २३ लाख ८१ हजार ५ सय ५१ रुपैयाँ बैंक खाताबाट झिकेको ।

बाउन्सरहरुलाई गैरकानुनी भक्तानी गरेको, जागिर छोडेका कर्मचारीका नाममा खर्च देखाएको ।

बैठकको कोरम नपुगी निर्णय गरी ७ करोडभन्दा बढी खर्च गरेको ।

अमृतभोगलाई पटक-पटक रकम भुक्तानी भएको तर, उक्त भुक्तानी के कार्यक्रमका लागि भएको हो नखुलेको ।

इन्धनको रकम भुक्तानी गर्दा लगबुक पेश नभएको,  बोर्डको श्रेस्ताको बैंक खाता र बैंक स्टेटमेन्ट नभिडेको ।

बोर्डका कर्मचारीको नाममा थाहै नदिई चेक काटेको भन्ने उजुरीका सम्बन्धमा उजुरीमा उल्लेख भएका कर्मचारीका नाममा करोडौं रकम भुक्तानी भएको देखिएको, तर कर्मचारीलाई थाहा नभएको ।

तालिमसम्बन्धी खर्चहरुको पेश्की पछ्र्यौट गर्दा सहभागीहरुको हाजिरी, मसलन्द वितरणको भर्पाइ, तालिम प्रतिवेदन लिने गरेको देखिएको ।

केही श्रेस्ताको परीक्षण गर्दा भौचर प्रमाणित नभएको, भौचर साथ साहायक विवरण संलग्न नभएको, बैंक दाखिला प्रमाण र विवरण नभएको, कतिपय भौचर लेखा प्रणालीमा प्रविष्ठ नभएको, भुक्तानी भौचरमा उल्लेख भएको रकम र बैंकबाट भुक्तानी भएको रकम फरक देखिएको ।

कारण र औचित्य नखुलाई गाडी भाडामा लिएको, प्रतिस्पर्धा नगराई पटके रुपमा भाडामा लिएको ।

खर्च आदेश तथा भुक्तानी सिफारिस भन्दा पहिले नै चेक काटी भुक्तानी भएको ।

मादक पदार्थ खरिद भएको तर प्रयोजन नभएको, गुणस्तर नभएको भनी उल्लेख भएकोमा पनि भुक्तानी भएको ।

मन्त्रालयबाट गठित मस्यौदा समितिले तयार गरी लागु गर्न पठाइएको आर्थिक विनियमावली लागू नगरी सोही विनियमावलीमा भएका प्रावधानहरुमा संशोधन गरी नयाँ बनाएको र सो काम गरेको भनी एक सी.ए. फर्मलाई भुक्तानी गरेको ।

निराैलाका सम्बन्धित समाचार

वन सचिवदेखि नागरिक उड्डयनका हाकिमसम्म अख्तियारको फन्दामा

पर्यटन बोर्ड प्रकरण : के-के निर्णय गर्‍यो १९२औं कालो बैठकले !

पूर्व पर्यटनमन्त्री भन्छन- नीति नै नभएको बोर्डमा के-को नीतिगत भ्रष्टाचार ?

सभासदले पारे पूर्वसचिव घिमिरेलाई र्‍याखर्‍याख्ती, बोर्डमा भ्रष्टाचार भएको ठोकुवा

पर्यटन बोर्डमा यसरी भयो अनियमिता, छानविन रिपोर्ट लेखा समितिलाई

निरौलाले करोडौं भ्रष्टाचार गरेको छानविन समितिको निष्कर्ष

‘संकटमा पर्यटन बोर्ड, मिलन बिन्दु खोजौं’

फेरी सुरु भयो पर्यटन बोर्डको भ्रष्टाचार छानविन

पर्यटन बोर्डका कागजपत्र अख्तियारको नियन्त्रणमा

पर्यटन बोर्डको फाइल छानविन समितिले पाएन

सुवास निरौला कार्यालय प्रवेश गरेपछि पर्यटन व्यवसायी आक्रोसित

दलबलसहित सुवास निरौला कार्यालय प्रवेश

सुवास निरौलाको नियुक्ति सर्वोच्चबाट सदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?