+
+

श्रीकृष्ण र आलोक, जसलाई हामीले गुमायौं

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १२:३५

नेपाली चलचित्र क्षेत्रले यस वर्ष तीन होनाहार ब्यक्तित्व गुमायो । दुई निर्देशक र एक नायकको अभाव नेपाली चलचित्र उद्योगमा लामो समयसम्म खड्किने छ । Shreekrishna death rituals (1)

श्रीकृष्ण श्रेष्ठ
नायक श्रीकृष्ण श्रेष्ठको निधनको खबर सुनेर चलचित्रकर्मी मात्रै होइन आम दर्शकले समेत नरमाईलो माने । नायिका स्वेता खड्कासँग बिबाह गरेको एक महिना नपुग्दै गएको साउन महिनामा उनको निधन भएको थियो ।

नेपाली चलचित्रमा ‘चकलेटी र मिलनसार’ नायकको छबी बनाएका श्रीकृष्णको अभाव नेपाली चलचित्रमा लामो समयसम्म पर्नेछ । पारिवारिक पृष्ठभुमीमा आधारित चलचित्रमा अभिनय गरेर वाहवाही कमाएका श्रीकृष्ण आफैले दुई चलचित्र बनाएका थिए ‘कहाँ भेटिएला र कोहीनुर’ ।Shreekrishna death rituals (4)
‘कोहीनुर’ प्रदर्शन सुरु भएको दोस्रो दिनमा नै उनको निधन भएको थियो । श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि त्रिभुवन विमानस्थलदेखि प्रज्ञा प्रतिष्ठान हुँदै पशुपति आर्यघाटसम्म दर्शकको भिडले पनि श्रीकृष्णको उचाई नेपाली चलचित्र क्षेत्रमा कहाँ थियो भन्ने प्रष्ट हुन्थ्यो ।
aalok-last
आलोक नेम्वाङ्
निर्देशक आलोक नेम्वाङ्को अभाव पनि सजिलै नेपाली चलचित्र र म्यूजिक भिडियो नगरीमा पूर्ती हुँदैन । आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेका आलोक नेपालमा चर्चित भिडियो निर्देशक मानिन्थे ।

म्युजिक भिडियो निर्माणमा अब्बल मानिने आलोकले ‘सानो संसार, कोही मेरो र अझै पनि’ गरि तीन चलचित्र निर्देशन गरेका थिए ।  उनको अन्तिम चलचित्र ‘अझै पनि’ उनको निधनपछि प्रदर्शन भएको थियो ।
प्रदिप रिमाल
केही चर्चित चलचित्र निर्देशन गरेका प्रदिप रिमालको गएको माघमा निधन भयो । तीसको दशकमा चलचित्र क्षेत्र प्रवेश गरेका रिमालले ‘मनको बाँध, कुमारी, सिन्दुर, माया र नेपाल भाषाको ‘शिलु’ चलचित्र निर्देशन गरेका थिए ।

चलचित्रमा आउनु अघि उनी लोकगीत संकलनमा सक्रिय थिए । कणर्ालीको लोकगीत सम्बन्धि पुस्तक लेखेर मदन पुरस्कार समेत पाएका थिए उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?