+
+
Shares

राहतका लागि आएका ५७ हजार ब्लांकेट हराए

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २५ गते ६:४६

२५ जेठ, काठमाडौं । बंगलादेशले भूकम्पपीडितको नाममा पठाएको करिब ५७ हजार थान ब्लांकेट हराएका छन्।

वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि बंगलादेशले हवाई र सडक मार्गबाट ५९ हजार २ सय ७२ थान ब्लांकेट पठाएको थियो। विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने तथा वितरण गर्ने जिम्मेवारी पाएको गृहमन्त्रालयले बंगलादेशबाट २ हजार ४ सय ७८ थान ब्लांकेट मात्र प्राप्त भएको देखाएको छ। अरू ब्लांकेट कहाँ छन् तथा कहाँ गए भन्नेमा गृह मौन रहेको नागरिक दैनिकमा खबर छ।
Banket
बंगलादेशको काठमाडौंस्थित दूतावासका अनुसार ५९ हजार २ सय ७२ थान नै ब्लांकेट तीन साताअघि नेपाल भित्रिएका हुन्। केही ब्लांकेट बंगलादेशी सेनाको हवाईजहाजमार्फत सिधै र केही ट्रकबाट सडकमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। सडकमार्ग हुँदै ल्याइएका ब्लैंकेट बंगलाबन्ध, फूलबारी, पानीट्यांकी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको दूतावासले जनाएको छ।

‘हामीले दुई साताअघि नै ब्लांकेट नेपाल सरकारलाई बुझाएका हौं,’ दूतावास स्रोतले भन्यो। बंगलादेश सरकार, त्यहाँका विभिन्न संघसंस्था तथा बैंकको सक्रियतामा संकलन गरी ती ब्लांकेट नेपाल ल्याइएको थियो।

हवाई मार्ग हुँदै ल्याइएका ब्लांकेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले बुझेर गृहलाई जिम्मा दिएको थियो। सेनाले अन्य देशबाट आएका केही ब्लांकेट राखी भूकम्प प्रभावित क्षेत्रमा वितरण गर्दै आएको भए पनि बंगलादेशबाट हवाई मार्ग हुँदै आएका सबै ब्लांकेट गृहलाई बुझाएको थियो।

‘बंगलादेशबाट हवाई मार्ग हुँदै आएका २५ हजार ५८ थान ब्लांकेट हामीले गृहलाई बुझाइसकेका छौं। बंगलादेशबाट आएको एक थान ब्लांकेट पनि सेनाले लिएको छैन,’ एक उच्च सैनिक स्रोतले भन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?