+
+
Shares

कून बैंकका कर्मचारीले कति कमाए ? कति खर्च गरे ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २५ गते १२:३९

commercial-bank-in-Nepal२५ जेठ, काठमाडौं । इटहरीकी सृष्टि कोइराला बैंकको जागिर भनेपछि हुरुक्कै हुन्छिन् । कारण, राम्रो सेवा सुविधा र जागिरको सुरक्षा । शंकरदेव क्याम्पसबाट स्नात्तकोत्तर गर्दै गरेकी कोइरालाले एक वाणिज्य बैंक र दुई विकास बैंकमा लिखित परीक्षा दिएर जागिरका लागि नाम निकालेकी थिइन् । तर, मौखिक परीक्षामा उनी असफल भइन् ।

‘आफ्ना मान्छे नहुँदा मौखिकमा पास गर्न गाह्रो रहेछ’ कोइरालाले अनलाइनखबरसँग भनिन्- ‘तर, निरन्तर प्रयास गरिरहन्छु, एकदिन सफल भइएला नि ।’

सृष्टिमात्रै होइन, पछिल्लो समय बैंकिङ क्षेत्रको जागिर निकै आकर्षक बन्दै गएको छ । क्षमताअनुसारको आकर्षक तलब-भत्ता तथा सेवा सुविधा र बोनसले धेरै युवा जनशक्तिलाई बैंकिङमा आकषिर्त गरेको हो । राष्ट्र बैंकको कडा नियमनमा रहने हुनाले बैंकिङ क्षेत्र अन्य क्षेत्रहरुको तुलनामा बढी पारदर्शी पनि छ ।

त्यसो त, बैंकहरुले कर्मचारीको तलब/भत्तामा नाफाको ६० प्रतिशत रकम खर्च गर्दै आएको तथ्यांक छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ३० वाणिज्य बैंकले २० अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाए र १२ अर्ब ५८ करोड रुपैयाँ कर्मचारी खर्च गरे । वाणिज्य बैंकहरुमा २० हजारभन्दा बढी कर्मचारी छन् ।

बैंकहरुको नाफा र कर्मचारी खर्चलाई विश्लेषण गरेर बैंकका कर्मचारीहरुको प्रफर्मेन्स निकाल्ने गरिन्छ । व्यवस्थापकीय दृष्टिकोणबाट थोरै तलब खाएर धेरै नाफा कमाउने कर्मचारीको प्रफर्मेन्सलाई राम्रो मानिन्छ ।

यो सूत्रअनुसार चालू आर्थिक वर्षको चैत मसान्तको वित्तीय विवरणका आधारमा कर्मचारीको प्रफमेन्सका आधारमा पहिलो नम्बरमा नबिल बैंक परेको छ । बैंकले चैत मसान्तसम्ममा १अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ भने ४९ करोड ६१ ल्ाख रुपैयाँ कर्मचारी खर्च गरेको छ । बैंकको नाफाको तुलनामा कर्मचारी खर्च तेब्बरले कम हो ।

त्यस्तै, यही सूत्रअनुसार कृषि विकास बैंकका कर्मचारीहरुको प्रफर्मेन्स अन्तिम छ । चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३५ लाख १७ करोड रुपैयाँ कर्मचारी खर्च गरेको छ । यस अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो बैंकले नाफाको तुलनामा १ सय ३० प्रतिशत बढी कर्मचारी खर्च गरेको छ ।

कर्मचारी प्रफर्मेन्सका आधारमा सरकारी बैंकको तुलनामा निजी बैंकका कर्मचारीहरु धेरै अग्र स्थानमा रहेको तथ्यांकले देखाउँछन् ।
कुन बैंकका कर्मचारीले कति कमाए ? कति खर्च गरे ?

बैंक कर्मचारी खर्च (रू.हजारमा) खुद नाफा (रू.हजारमा)
राष्ट्रिय वाणिज्य १८१४१२४ ४०६१३१८
नबिल ४९६११२ १६१९७७५
इन्भेष्टमेन्ट ३२९७८८ १५२७९२२
एभरेष्ट ३५६०३५ ११९३८८५
कृषि विकास २३५१७७३ १०११३८७
स्टान्डर्ड चार्टर्ड ३४७८२४ ९५७५८२
हिमालयन ६०९६७७ ९०१५१६
एसबिआर्इ ३९०५५२ ८२७९४५
ग्लोबल ४१५७१० ८०९६४४
प्रभू ३९३२१९ ६९४४४८
एनआइसी एसिया ३०६३०९ ५७४७६०
प्राइम १२२९२८ ५५३४४२
सिद्दार्थ २२७००३ ५४५८६७
एनबी २२९७९१ ५१३०८१
बीओके ३१५२७० ४८०४२१
सिटिजन १६४३२३ ४५७८८३
माछापुच्छ्रे २२५३५८ ४४०१८७
सानिमा १३८४९० ४२३२१०
एनएमबी १५८३९१ ४००५०४
नेपाल १७०४४०५ ३६०६५८
एनसीसी १४२०१४ ३३१९९३
सनराइज १९६१२२ ३३७२३९
मेगा १३७२९९ २६७०७७
कुमारी २०६२८१ २५१३४७
लुम्बीनी ८३१२९ २४६७८२
सिभिल १५०६७६ १९०५४७
सेञ्चुरी १२७२३५ १६३०८८
जनता १६२५६४ १३४६४१
लक्ष्मी २०२९६४ २४००३३
ग्रान्ड ७९६४६ (५९७६८)
कूल १२५८५०१४  २०४५८४१४

स्रोत: चालू अवको चैत मसान्तको बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा अधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?