Comments Add Comment

सुरु भयो अवार्डको रौनक, चलचित्रको माहोल बढाउने चुनौती

फाइल फोटो
फाइल फोटो

आम नागरिकको दिनचर्या सामान्य बन्दै गएपछि नेपाली चलचित्रमा पनि रौनकता बढ्न थालेको छ । सुस्ताएको चलचित्र क्षेत्र अब तन्दुरुस्तीका साथ अगाडि बढ्ने संकेतहरु देखिएका छन् । चलचित्रका शुभमुहुर्तदेखि निर्माणको क्रम बढ्न थालेको छ । यही भिडमा अब विभिन्न नाम दिएर हुने अवार्ड कार्यक्रमको रौनक पनि सुरु हुन थालेको छ ।

संभवत भुकम्प नगएको भए केही अवार्ड कार्यक्रमहरु अहिलेसम्म समापन भैसक्थे होलान् । तर, पनि नेपालमा आयोजना हुने ठूला चलचित्र अवार्डको रौनक अब सुरु भएको देखिन्छ । नेपाल चलचित्र प्राविधिक संघले ‘चलचित्र महोत्सव’को सुरुवात अब केही दिनमा नै गर्दैछ ।

चलचित्र महोत्सव सकिएपछि अवार्ड कार्यक्रम आयोजना हुनेछ । नेफ्टा अवार्डलाई नेपालकै प्रतिष्ठित अवार्डको रुपमा लिइन्छ । नेफ्टाले ७५ भन्दा बढी चलचित्र दर्ता भैसकेको जानकारी दिएको छ ।

चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को दर्ता प्रक्रिया पनि सुरु भएको छ । अध्यक्षमा राजकुमार राई आएसँगै उनले तत्काल पुरस्कार वितरण गर्ने छनक देखाएका छन् । जसका कारण पनि यसले सुस्ताएको चलचित्र क्षेत्रलाई गर्माउने अपेक्षा गरिएको छ । राज्यले नै चलचत्रिकर्मीलाई सम्मान गर्ने भएकाले यो सर्वाधिक महत्वपूर्ण पुरस्कार पनि हो ।

एनएफडीसीले आयोजना गर्दै आएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को काम पनि सुरु भएको छ । यो अवार्ड पनि दोश्रो श्रृ्र्खलासम्म आइपुग्दा भव्य नै देखिएको छ ।

यी बाहेक ‘छायाँछवि डी सिने अवार्ड, कामना फिल्म अवार्ड’ लगायतका अवार्डको प्रक्रिया पनि अब चाडै नै सुरु हुँदैछन् ।

यसपटक आयोजना हुने अवार्ड कार्यक्रमले प्रतिष्ठाको लागि त छदै छ , साथमा चलचित्र क्षेत्रलाई उमंग थप्न पनि आवश्यक छ । नेपाली चलचित्रको माहोल हलमा देखिन अझै केही समय लाग्ने पक्का छ ।

जसकाकारण पनि चलचित्र क्षेत्रलाई गतिशिल देखाउन यस्ता किसिमका अवार्ड कार्यक्रम प्रभावकारी हुनेमा दुइमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment