Comments Add Comment

गुगलदेखि याहुसम्मः विश्व चर्चित कम्पनीहरुको यसरी भयो न्वारान, नामको अर्थ यस्तो पो !

Yahoo

विश्वमा अहिले प्रसिद्धिको चरम शिखरमा रहेका कम्पनीहरुको नामाकरणको कथा व्यथा सुन्दा कहिल्यै अचम्ममा पर्नुभएको छ ? ती कम्पनीहरु सफल भए र त उनीहरुको नाम अहिले सबैको मुखमा झुण्डिएको छ र निकै प्रिय तथा कण्ठस्थ र फेमेलिएर लाग्छ । हरेक नामको अर्थ हुन्छ भनेझैँ धेरैजसो प्रविधि कम्पनीको नामका पनि आ-आफ्ना अर्थ छन् । विश्वका चर्चित प्रविधि कम्पनीको न्वारान कसरी भएको र तिनीहरुको नामको अर्थ के हुन्छ ? रोचक कुरा जानिहालौँ-

गुगल– इन्टरनेट जाएन्ट गुगलको नाम Googol बाट लिइएको हो । यसको अर्थ १ अंकको पछाडि एक सय वटा शुन्ना भएको संख्या हुन्छ ।

अमेजन– अमेजनका संस्थापक जेफ बेजोसले आफ्ना कम्पनीको नाम अंग्रेजी अक्षर ए बाट सुरु होस् भन्ने चाहन्थे । यसो गर्दा वर्णानुक्रम सूचिमा समेत आफ्नो कम्पनी सबैभन्दा अघि आउँछ भन्ने उनको सोँचाइ थियो । त्यसैले उनले ए अक्षरबाट सुरु हुने दुनियाकै सबैभन्दा ठूलो नदि अमेजनको नामबाटै आफ्नो कम्पनीको नाम अमेजन राखे । यसो गर्दा कम्पनी छिटै लोकप्रिय हुने र नाम सबैका लागि सजिलो हुने उनको विश्वास थियो ।

स्काइपी– चर्चित भिडियो च्याटिङ साइट स्काइपी Skype को सुरुको नाम Sky peer-to-peer  थियो जुन पछि Skyper भयो र अन्त्यमा त्यसको आर अक्षर झिकेर Skype बनाइयो ।

याहु– याहु Yet Another Hierarchial Officious Oracle  को संक्षिप्त रुप हो । साथै याहुको अर्थ निकै फोहोर, हल्लाखोर तथा हिंश्रक काल्पनिक प्रजाति भन्ने पनि हुन्छ ।

सोनी– सोनी कम्पनीको यो नाम Sonus बाट आएको हो । यो ल्याटिन भाषाको शव्दको अर्थ आवाज भन्ने हुन्छ । साथै सन् १९५० मा जापानमा निकै चल्तीमा रहेको सोन्नी ब्वायको अर्थ पनि यसमा लाग्नसक्छ । सोन्नी ब्वायको अर्थ त्यतिबेला स्मार्ट, दर्शनीय युवा भन्ने हुन्थ्यो ।

ब्लाकबेरी– ब्लाकबेरी कम्पनीको नाम यसको स्मार्टफोनको की प्याडको स्वरुपका आधारमा राखिएको हो । स्मार्टफोनको किबोर्ड ब्लाकबेरी फलको केश्राजस्तै देखिने हुनाले सन् १९९९ मा कम्पनीको नाम ब्लाकबेरी राखिएको थियो ।

ओरेकल- अमेरिकी जासुसी संस्था सिआइएको एउटा परियोजनामा कुनैबेला ओरेकलका संस्थापकहरु ल्यारी एलिसन र बब ओट्सले सँगै काम गर्थे । उक्त परियोजनामा कोडका रुपमा प्रयोग हुने गरेको ओरेकल शव्दबाटै पछि उनीहरुले ओरेकल कम्पनीको स्थापना गरे । ओरेकलको अर्थ त्यस्तो डाटाबेस थियो जसले जुनसुकै प्रश्नको जतिबेला पनि उत्तर दिनसक्थ्यो ।

क्यानोन– सुरुमा क्यानोन Canon  को नाम थियो Kwanon । जसको र्अ हुन्छ बुद्ध धर्मकी देवी । सन् १९३५ मा यसको नाम Kwanon बाट Canon    बनाइयो, ता की विश्वभरका हरेक धर्म तथा भाषाका मानिसलाई यो नाम मन परोस् र उच्चारणका लागि पनि सजिलो होस् ।

स्पटीफाइ– संस्थापक डानियल एक र मार्टिन लोरेन्जन कम्पनीको नाम के राख्ने भनेर घोत्लिरहेका थिए । त्यहीँ बेलामा एकलाइ एउटा नाम फुर्यो Spotify । यसलाई पछि उनीहरुले अथ्र्याए अनि वर्णविन्यास गरे Spot र Identify  । जसको संयुक्त रुप स्पटीफाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment