Comments Add Comment

सवारी साधनको कुम्भ मेलामा ३२ ब्रान्ड सहभागी हुँदै

२० भदौ, काठमाडौं । यही भदौ २९ गतेदेखि राजधाीको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला लाग्ने भएको छ । मेलामा विभिन्न ३२ ब्रान्ड सहभागी हुने भएका छन् ।

नेपाल अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा)ले बन्द हड्तालको बाबजुत पनि नाडा अटो शो आयोजना गर्न लागेको हो । बन्द हड्तालका कारण अटो शो अनिश्चित भइरहेका बेलामा नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अटो शो आयोजना हुने जानकारी दिएको हो ।

Nada Auto Show (9)
फाइल तस्वीर/अनलाइनखबर

अटो शोमा साना ठूला गरी १२० वटा स्टलहरु रहने बताइएको छ । जहाँ ६५ वटा कम्पनीले सवारी साधन, पार्टपुर्जा तथा अन्य सेवाजन्य स्टलहरु राख्ने भएका छन् । सहभागी संस्थाहरुको अत्याधिक चापले गर्दा यस वर्ष आयोजकले दुईवटा हृयाङ्गर राखेर स्टल तयार पार्ने भएको छ ।

अटो शोमा १४ वटा ब्रान्डका ४ पाङ्ग्रे सवारी, १५ ब्रान्डका २ पाङ्ग्रे तथा ५ ब्रान्डका हेभी कमर्शियल भेहिकल प्रर्दशनीमा राखिने छ ।

यी हुन् ब्रान्डहरु

अटो शोमा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, अशोक ले ल्यान्ड, भारत बेञ्ज लगायतका ब्रान्डहरु प्रर्दशनीमा राखिने भएको छ ।

यसैगरी स्कोर्टस, अप्रिलिया, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्ट्रिक, होन्डा बाइक, केटीएम, महिन्द्रा, रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहा ब्रान्ड पनि अटो शोमा हुनेछन् ।

Nada Auto Show (7)
फाइल तस्बीर/अनलाइनखबर

यसको अलवा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुबि्रकेन्टस्, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिजहरु प्रर्दशनी तथा बिक्रीमा राखिने बताइएको छ ।

अटो शोमा उपभोक्तालाई सहज होस भनेर दूई पाङ्ग्रे, चार पाङ्ग्रे र हेभी गाडीहरुको स्टल छुट्टाछुट्टै राखिने भएको छ । नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर प्रर्दशनी गरिने भएको छ ।

६ दिनसम्म चल्ने अटो शो ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । अटो शोमा आउने अवलोकनकर्ताहरुलाई टिकटमा विभिन्न आकर्षक उपहारहरु जित्न सक्ने व्यवस्था गरिएको छ ।

भूकम्पले मुलुकको आर्थिक गतिविधि सुस्ताइरहेका बेलामा आयोजना गर्न लागिएको अटो शोले बजारमा नयाँ उर्जा थप्ने र व्यापारिक सिथिलतालाई गति दिन मद्दत गर्ने आयोजकले विश्वास लिएको छ ।

तराईमा जारी बन्द हड्तालले गर्दा यस पटकको मेलामा नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गर्न कठिनाई देखिएको छ । बन्द हड्तालले गर्दा अटो शोमा ल्याउन लागिएका गाडीहरु भन्सारमा रोकिएको व्यवसायीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment