Comments Add Comment

निसानले नेपालमा ल्यायो प्रिमियम ह्याचब्याक ‘माइक्रा’

Nisan in nepal (1)

२८ भदौ, काठमाडौं । प्रख्यात जापानी मोटर उत्पादक कम्पनी निसानले नेपाली बजारमा प्रिमियम ह्याचब्याक माइक्रा कार सार्वजनिक गरेको छ । युरोप, बेलायत, थाइल्याण्ड र भारतमा समेत लोकप्रिय बनिसकेको यो मोडल सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरिएको हो ।

प्रिमियम सेगमेन्टका गाडी उत्पादनमा कहलिएको निसानको यो नै इन्ट्री लेभल अर्थात सवैभन्दा सस्तो गाडी हो । माइक्रा कार एक्सएल, एक्सएल ‘अो’ र एक्टिभ एक्सभी गरि तीनवटा मोडलमा उपलब्ध छ ।

माइक्रा एक्टिभ एक्सभीको मूल्य २८ लाख ५० हजार रूपैयाँ रहेको छ भने एक्सएलको २९ लाख ५० हजार र एक्सएल ‘अो’ को मूल्य ३१ लाख ५० हजार रूपैयाँ तोकिएको छ ।

माइक्राले भारतीय बजारमा पनि आफुलाई अब्बल सावित गरिसकेको छ । सन् २०१४-१५ मा भारतबाट सवैभन्दा धेरै निर्यात भएका गाडीको सूचीमा माइक्रा पहिलो नम्बरमा थियो ।

Nissan MICRA

‘नेपालमा ६० प्रतिशत बढि बजार साना गाडीको छ’ निसान मोटरको नेपालका लागि वितरक दुगड ब्रदर्स एण्ड सन्सका महाप्रबन्धक सचिन अर्यालले भने-‘यो सेगमेन्टमा हाम्रा गाडी थिएन, अब कम मूल्यमै प्रिमियम क्लास प्रोडक्टको लक्जरी अनुभव गर्न सकिने छ ।’  कम्पनीले यस वर्ष २ सय माइक्र बिक्री गर्ने लक्ष्य राखेको छ ।

निसानले माइक्रा र माइक्रा एक्टिभ गरि दुईवटा मोडलका गाडी सार्वजनिक गरेको छ । माइक्रा र माइक्रा एक्टिभ दुवैमा दुई-दुई भेरियन्टमा ६ वटा रंगमा गाडी उपलब्ध हुनेछन् ।

Nisan Nepal

फिचर

माइक्राको सवैभन्दा बलियो पक्ष भनेको यसको बाहिरी डिजाइन र लेआउट हो । स्पोर्टी बम्परले गाडीलाई निकै आर्कषक देखाएको छ ।

Nisan in nepal (2)

आन्तरिक निर्माणको कुरा गर्दा माइक्रालाई लक्जरीको पर्यायवाची भन्दा हुन्छ । पावर स्टेरिङ, टिल्ट स्टेरिङ, हाइट घटाउन वा बढाउन मिल्ने ड्राइभर सिट, पावर विन्डो, पुस बटन स्टार्ट, सेन्ट्रल लक, मिरर कन्ट्रोल सिस्टम, ड्राइभर सिट एयरब्याग र पर्याप्त स्पेशसहितको भित्री बनावटले यो गाडीलाई निकै सुविधाजनक बनाएको छ ।

माइक्राको १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ । ५ सिट क्षमता भएको माइक्रा नेपालमा मोडेल अनुसार विभिन्न ७ कलरमा उपलब्ध छ । माइक्रा फुल अप्सन कार हो ।

Nissan MICRA_interior

११९८ सीसी क्षमताको माइक्राले झण्डै १८ किलोमिटर माइलेज दिन्छ । एन्टी लक ब्रेक सिस्टम (एवीएस) युक्त निसानको माइक्रा धेरै ब्रेक लगाउँदा पनि चिप्लिने डर हुँदैन् । यो सेगमेन्टको गाडीमा सुरक्षाका हिसावले माइक्रा सवैभन्दा स्मार्ट गाडी भएको भारतीय अटो समिक्षकहरुको ठहर छ । शहरी ड्राइभका लागि यो गाडी निकै उपयुक्त छ ।

मूल्य र प्रतिस्पर्धा

माइक्रा निसानको इन्ट्री लेवल कार हो । मूल्य र सुविधाका आधारमा यसको प्रतिस्पर्धा हुण्डाईको आई २० इलाइटसँग हुन्छ । यही सेगमेन्टमा टाटाको बोल्ट, किया पिकान्टो लगायतका गाडीसँग पनि मूल्य र सुविधाका आधारमा प्रतिस्पर्धा हुने देखिन्छ ।

माइक्रा नाडा अटो शोमा मुख्य अाकर्षणको रूपमा रहने भएको छ । कम्पनीले माइक्रा सार्वजनिक गर्दै दशैं तिहार योजना समेत सञ्चालन गरेको छ । जसअन्तरगत माइक्रा खरिद गर्दा नदग छुट, निःशुल्क नियमित मर्मत सुविधा, बीमा अादि पर्छन । कम्पनीले माइक्रामा डेढ लाख रूपैयाँ नगद छुट र तीन वर्षसम्म मर्मत सुविधा उपलब्ध गराउने जनाएको छ ।

 Nisan in nepal (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment