+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

३० लाख लिटर दूध अभाव

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते ६:५६

Milk५ असोज, पर्वत । ठाउँठाउँमा दूध बिक्री नभएपछि मिल्क होलिडेको समस्या कृषकले बेहोर्दै आएको भए पनि पर्वतमा भने ३० लाख लिटर दूध बाहिबार आयात गर्नुपर्ने अवस्था रहेको छ ।

पशुपालनको क्षेत्रमा आएको गिरावट, वैदेशिक रोजगारीका कारण युवाको पलायन र उन्नत पशुपालनको अभावमा जिल्लामा बर्षेनी बाहिरबाट जिल्लामा दूध आयात गर्नुपर्ने अवस्था आएको नेपाल समाचारपत्रमा खबर छ ।

पर्वतमा रहेको जनसंख्याको अनुपातमा अहिले पनि वाषिर्क २९ लाख ४० हजार लिटर दूध अभाव हुने गरेको हो । यसले गर्दा प्रत्येक वर्ष १४ करोड ७० लाख रुपैयाँ बाहिरिने गरेको छ ।

जिल्लामा उन्नत गाई भैंसी पालेर दूध उत्पादन बढाउन सकेमा सयौं युवाले रोजगारी पाउनुका साथै जिल्लाबाट बाहिरिने करोडौं रुपैयाँ जिल्लामै रहन सक्ने भएकाले उन्नत पशुपालन गर्नुपर्ने जिल्ला पशुसेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत अमृतकुमार मास्केले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?