Comments Add Comment

मंगलबारका टप १० समाचारः तपाईले छुटाउनु भयो कि ?

आज मंगलबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. १९५० को सन्धी उल्लंघन भयो, अब कोशी र कर्णाली के हुन्छ ?

फाइल फोटो
फाइल फोटो

सन् १९५० मा सम्पन्न नेपाल भारत शान्ति तथा मैत्री सन्धी भारतले एकतर्फीरुपमा उल्लंघन गरेको छ । भारतले शान्ति तथा मैत्री सन्धीको एकतर्फीरुपमा उल्लंघन गरेपछि अब सुघौली सन्धी, ग्रेटर नेपाल लगायतका विषयहरु ब्युँझन सक्छन् ।

२. भारतका लागि नेपाली राजदूतले भने-भारतले नाकाबन्दी गरेको छैन

भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतले नेपालमा नाकाबन्दी नै नलगाएको दाबी गरेका छन् ।भारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंको जनजीवन कष्टकर बन्दै गइरहेका बेला राजदूतले नाकाबन्दी नभएको भन्दै नेपालीहरु संयमित हुनु पर्ने बताएका छन् ।

३. भारतीय च्यानल रोक्ने केवल टीभीहरुलाई सरकारले स्पष्टीकरण सोध्यो

भारतीय टीभी च्यानलहरुको प्रशारण रोकेको भन्दै सरकारले केबल टेलिभिजन सञ्चालकहरुलाई स्पष्टीकरण सोधेका छन् । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, डिसहोम र सिम्पल मिडियालाई पत्र काटेर स्पटीकरण सोधको हो ।

४. एमालेको प्रस्ताव : तराईमा ७९ र हिमाल पहाडमा ८६ चुनावक्षेत्र

मधेसवादी दलको मागप्रति कठोर रहँदै आएको नेकपा एमालेले आन्दोलनकारीको मुख्य माग रहेको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।एमालेको यो हिसाब-किताब मधेस आन्दोलनकारीको मागअनुसार लगभग नजिक देखिएको छ ।

५. बाबुरामले माफी मागे, आन्दोलनकारीले उनकै मञ्च जलाइदिए

Baburam-At-janakpur

एमाओवादी परित्याग गरेको तीन दिनपछि काठमाडौं र मधेसको दुरी घटाउन भन्दै डा. बाबुराम भट्टराई जनकपुर पुगेका छन् ।तर, भट्टराईको झण्डै चार घण्टाको जनकपुर बसाइ निकै तनावपूर्ण रहृयो ।

६. मोदीलाई कृष्ण पहाडीको पत्रः नाकाबन्दी मानवता विरुद्धको अपराध हो

मानवअधिकारकर्मी कृष्ण पहाडीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । उनले नेपालमा अहिले नाकाबन्दीको अवस्था रहेको र यो भारतद्वारा सिर्जित नाकाबन्दी भएको बताएका छन् ।

७. नेपालीको राष्ट्रवादमाथि राकेश सुदको व्यंग्य

नेपालमा विवादित कार्यकाल बिताएका भारतीय पूर्वराजदूत राकेश सुदले नेपालको राष्ट्रियताप्रति व्यंग्य गर्दै लेख लेखेका छन् । भारतीय अखबार दि हिन्दूमा गत शनिबार प्रकाशित उनको लेखमा नेपालको राष्ट्रवाद भारतको विरोधमा सीमित हुन पुगेको आरोप लगाइएको छ ।

८. नेपाली बैज्ञानिक लुजेन्द्रसहितको सफलता : मंगल ग्रहमा भेटियो बगिरहेको पानीको प्रमाण

नेपाल बैज्ञानिकसहितको टोलीले मंगल ग्रहको सतहमा बगिरहेको पानी विद्यमान रहेको तथ्य फेला परेको छ । यससँगै २५ वर्षका लुजेन्द्र ओझा नेपालका एक सफल वैज्ञानिक बनेका छन् ।

९. साइकल चढ्न तयार छौं, भारतसँग झुक्दैनौं !

साइकलमा ठमेलबाट बबरमहल आइरहेका एनबी गुरुङलाई हामीले दरबार मार्गमा रोकेर सोध्यौं- ‘किन र कहिलेदेखि यसरी साइकल चढ्नुभएको ?’ नाकाबन्दीका कारण पेट्रोल नपाएपछि साइकल चढ्न थालेको गुरुङले जवाफ दिए ।

१०. मासु चार टुक्रा मात्र : भुवन केसी

सदाबहार नायकको रुपमा चिनिएका भुवन केसी अब निर्देशकका रुपमा स्थापित हुने तयारीमा छन् । आफ्नै छोरा अनमोल केसीलाई मुख्य भुमिकामा लिएर ‘डि्रम्स’ नामक चलचित्र निर्देशन गरेका छन् ।

र, यो पनि

कृपया यी चार कुरा आफ्नो ब्वायफ्रेण्डसँग नगर्नुस्

माया प्रेमको सुरुसुरुमा प्रेमिकाहरु निकै वाचाल हुन्छन् र आफ्नो नयाँ प्रेमीसँग मन खोलेर गफिन्छन् । सायद कुरा नलुकाइकन प्रेमीसँग कुरा गरेमा आफुप्रतिको उसको विश्वास बढ्छ र सम्बन्ध गाढा हुन्छ भन्ने विश्वास उनीहरुमा हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment