Comments Add Comment

पर्यटकीय विकासका लागि घाँसेमैदान निर्माण

१३ असोज, बाँके । बाँके राष्ट्रिय निकुञ्ज स्थापनाको तीन वर्षपछि निकुञ्जमा पर्यटकीय विकासका लागि घाँसेमैदान निर्माण भएको छ ।

Banke-National-Parkकोहलपुर, चिसापानी, महादेवपुरी, नौवस्ता गाविसको केन्द्रमा रहेको गिद्धेनी घाँसेमैदानलाई पहिलो पर्यटकीय केन्द्रबिन्दुका रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटन निकुञ्जमा घुम्ने बाटो खुल्ला भएको छ ।

करिब ५० हेक्टर क्षेत्रफलमा रहेको घाँसेमैदानमा पानीपोखरी, पानीका लागि बाँध, निकुञ्जका चराचुरुङ्गी र जनावर अवलोकन गर्नेगरी टावर भ्यूसमेत निर्माण गरिएको छ । निकुञ्ज क्षेत्रमा पर्यटनका लागि कुनै पूर्वाधार र विशेष स्थल नरहेको अवस्थामा घाँसेमैदानलाई पहिलो निकुञ्ज अवलोकन र घुम्नका लागि पर्यटन स्थल बनाएको छ । १२ महिना पानी जम्ने र बग्ने स्थलका रुपमा घाँसेमैदानलाई सिमसार क्षेत्रका रुपमा समेत निकुञ्जले व्याख्या गरेको छ ।

पोखरी निर्माण, पानी जम्ने स्थल र घाँसेमैदानको चारैतिर घना जङ्गली झाडी रहेकाले घाँसेमैदानमा निकुञ्जका जनावर र चुराचुरुङ्गी हेर्ने र घुम्न लायक हुने निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

भण्डारीका अनुसार निकुञ्जका अन्य क्षेत्रभन्दा ठूलो घाँसै मैदान, पानी, झाँडीसमेत रहेकाले पहिलो पूर्वाधारका रुपमा यसलाई पर्यटकीय स्थल मानिएको छ । निकुञ्जले काठको अग्लो भ्यू टावर अर्थात् दृश्यावलोकन बनाएर घाँसेमैदानको पश्चिममा तलाउ र चारैतिर पानी जम्ने सक्ने पूर्वाधार निर्माण गरेको छ ।

थारू होमस्टे सञ्चालक कृष्ण चौधरीले पर्यटनका लागि घाँसेमैदान निर्माणले अब निकुञ्जमा पर्यटनका लागि बाटो खुल्ला गर्नु राम्रो कार्य भएको बताउनुभयो । घाँसैमैदान हुँदै नौवस्ता, चिसापानी, कोहलपुर, नौवस्ता, महादेवपुरी गाविससम्म जोड्ने कच्ची ग्राभलिङ बाटोसमेत निर्माण गरिएको छ ।

निकुञ्जमा पर्यटकीय क्षेत्रको विकासले निकुञ्जको आम्दानीसँगै निकुञ्ज क्षेत्रको उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिएको छ । घाँसेमैदानमा जङ्गली जनावरले नखाने घाँस उखालेरसमेत फालिएको छ । निकुञ्जले घाँसेमैदानमा घुम्नका लागि अब सर्वसाधारणलाई खुल्ला गर्ने भएको छ । नेपालीलाई प्रतिव्यक्ति एक सय रूपैयाँ र विदेशी पर्यटकलाई एक हजार रूपैयाँ टिकट व्यवस्था गरिने निकुञ्जले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment