+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

मानव बेचबिखनविरुद्ध एनआरएनद्वारा अन्तर्राष्ट्रिय संस्थाहरुसँग साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते ८:२१

nrn-confrenceकाठमाडौं । बिदेशमा नेपाली नागरिकहरुको बेचबिखनलाई निस्तेज गर्न गैरआवासीय नेपाली संघले इन्टरपोलसहित बिभिन्न संघसंस्थासँग साझेदारी सुरु गरेको छ ।

मानव बेचविखन र संगठगित अपराध रोक्नेबारे काठमाडांैमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका दौरान गैरआवासीय नेपाली संघले इन्टरपोल, नेपाल प्रहरी, अमेरिका, अष्ट्रेलिया तथा इण्डोनेसियाका सरकार सम्मलित संजालमा साझेदारी गर्न हस्ताक्षर गरेको छ ।
सम्मेलन समापनको दिन बिहीवार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्झौतामा हस्ताक्षर गरे ।

‘काठमाडौं प्रोसेस’ नामक यो सम्झौतामा हस्ताक्षर गरेपश्चात गैरआवासीय नेपाली संघ मानव बेचबिखनविरुद्धको अभियानमा औपचारिक साझेदार बनेको छ ।

‘खाडी मुलुक, थाइल्याण्ड र अपि|mका लगायतका मुलुकमा बेचबिखनका कारण पीडित नेपालीहरुलाई उद्दार गर्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्ले अहिले पनि काम गरिरहेका छन् ।’ सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष घलेले भने-‘अब हामी औपचारिक साझेदार बनेका छौं, सवैको संयुक्त प्रयासबाट मानव बेचबिखनजस्तो गम्भिर अपराधलाई निस्तेज गर्नुपर्छ ।’

गैरआवासीय नेपाली संघ वा अन्य कुनै संस्थाको एकल कोसिसबाट यस्तो संगठित अपराध रोक्न नसकिने भन्दै अध्यक्ष घलेले इन्टरपोल, नेपाल प्रहरी लगायत बिभिन्न मुलुकका सरकारको संयन्त्रबाट अपराध रोक्न सजिलो हुने बताए ।

गैरआवासीय नेपालीहरुले अहिले पीडित नेपालीहरुलाई उद्दार गर्ने, राहतस्वरुप रकम संकलन गरेर नेपालसम्म फर्काउने काम गरिरहेको उनले जानकारी दिए । आफूले अपि|mकी मुलुकहरुसम्म पुगेर नेपाली चेलीको बेचबिखनको डरलाग्दो दृष्य देखेको भन्दै घलेले त्यस्तो अपराधन नियन्त्रणका लागि संघले आफ्नो संजाललाई सक्रियतापूर्वक परिचालन गर्ने बताए ।
तीन दिने सम्मेलनमा बिभिन्न सातवटा मुलुकका प्रहरी अधिकारी तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?