+
+
Shares

ओलीलाई भोट हाल्ने सांसदलाई गोली हान्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १४:४५

२४ असोज, काठमाडौं । केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ ।

maoist-party-officeएमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो ।

‘मलाई मधेसतिरबाट फोनमा धम्की आयो,’ सांसद साहले भनिन्-‘ ओलीलाई भोट हालिस् भने मधेस आएका बेला गोली हान्छौं भनेर धम्की दिएका छन् ।’

निशालाई जस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न भन्दै फोनमा धम्की आएको थाहा भएको छ ।

‘तर, जस्तै धम्की आए पनि हामी एमाओवादीका ८३ जना सभासदले पार्टीको निर्णयअनुसार पालना गर्नेछौं,’ सांसद निशाले अनलाइनखबरसँग भनिन् ।

यो पनि पढ्नुस्

सभासदहरुलाई करोडौंको प्रलोभन आयो : प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?