+
+

गजल

सेपेनीमा धान-अलैंची, फल्दैछ कि छैन आमा ?
झ्यालको कापमा, अम्फी बत्ति बल्दैछ कि छैन आमा ?

पोहोर साल फोन गर्दा आधा फसल घट्यो भन्थ्यौ
कान्छो भाइले गैरीबारी मल्दैछ कि छैन आमा ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २७ गते १३:३३

गजल
Raju-siwa,-Yayabar,-Ilamसेपेनीमा धान-अलैंची, फल्दैछ कि छैन आमा ?
झ्यालको कापमा, अम्फी बत्ति बल्दैछ कि छैन आमा ?

पोहोर साल फोन गर्दा आधा फसल घट्यो भन्थ्यौ
कान्छो भाइले गैरीबारी मल्दैछ कि छैन आमा ?

साहु उस्तै घामटको छ, रासन पैसा अड्काको छ
घरको व्यवहार जेन-तेन चल्दैछ कि छैन आमा ?

काम भने डङ्गुरो छ, कमाई भने उस्तो छैन
पहिले जस्तै साहुले हिसाब छल्दैछ कि छैन आमा ?

म यहाँ दुःख झेल्छु, तिमी त्यहाँ सास्ती खेप्छ्यौं
खुइँया बिना कुनै रात ढल्दैछ कि छैन आमा ?

कर्मै उस्तो भएपछि बर्मा पनि उस्तै रै’छ
मेरा आँशु पुछ्ने ती हात, गल्दैछन् कि छैन आमा ?

– राजु शिवा ‘यायावर’, इलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?