+
+

भैरहवामा नयाँ नोट साट्नेको भिड (फोटो फिचर)

२९ असोज, भैरहवा । नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय भैरहवाले महानचाड बडादशैंका लागि एक अर्ब रुपैयाँको नयाँ नोट सटही गर्ने जनाएको छ ।

बैंकले असोज २२ गतेबाट कार्तिक २ गतेसम्म नयाँ नोट सटही गर्दा एक अर्ब रुपैयाँसम्म पुग्ने नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय भैरहवाका निमित्त प्रमुख शरण कुमार अधिकारीले बताए ।

उनले सर्वसाधरणलाई असोज २२ गते र बैंक वित्तिय संस्थालाई २४ गतेबाट नयाँ नोट वितरण सुरु गरेको बताए । बैंकले बिहीबारसम्म करिब ६० करोड रुपैयाँको नयाँ नोट वितरण गरिसकेको उनको भनाई छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २९ गते १३:१६

New Note Bhairhawa 6
सलमान खान
२९ असोज, भैरहवा । नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय भैरहवाले महानचाड बडादशैंका लागि एक अर्ब रुपैयाँको नयाँ नोट सटही गर्ने जनाएको छ ।

बैंकले असोज २२ गतेबाट कार्तिक २ गतेसम्म नयाँ नोट सटही गर्दा एक अर्ब रुपैयाँसम्म पुग्ने नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय भैरहवाका निमित्त प्रमुख शरण कुमार अधिकारीले बताए ।

उनले सर्वसाधरणलाई असोज २२ गते र बैंक वित्तिय संस्थालाई २४ गतेबाट नयाँ नोट वितरण सुरु गरेको बताए । बैंकले बिहीबारसम्म करिब ६० करोड रुपैयाँको नयाँ नोट वितरण गरिसकेको उनको भनाई छ ।

‘सर्वसाधरणले दैनिक असौतमा दुई करोड रुपैयाँको नयाँ नोट र बैंक, वित्तिय संघ संस्था लगायतलाई गरी दैनिक असौतमा १६/१७ करोड रुपैयाँको नयाँ नोट वितरण गरी रहेका छौँ’ निमित्त प्रमुख अधिकारीले अनलाइनखबरसँग भने ।

उनका अनुसार बैंकले १००, ५०, २० रुपैयाँको एक एक प्याकेट र १० तथा ५ रुपैयाँको दुई/दुई प्याकेट गरी प्रति व्यक्ति २० हजार रुपैयाँको दरले नयाँ नोट वितरण भइरहेको छ ।

New Note Bhairhawa 4

भैरहवा कार्यालयले लुम्बिनी अंचलको ६ वटा जिल्ला र रोल्पा, प्युठानबाट समेत दशैंका लागि नयाँ नोट वितरण गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकले यस पटक प्रतिव्यक्ति २२ हजार रुपैयाँको दरले नयाँ नोट पाउने व्यवस्था गरेपनि यस शाखाले भने प्रति व्यक्ति २० हजार रुपैयाँको दरले नयाँ नोट वितरण गरिरहेको जनाएको छ ।

दशैंका लागि नयाँ नोट सटही गर्न अर्घाखाँची, गुल्मी, स्यांगजा, नवलपरासी लगायतका पहाडी जिल्लाबाट सर्वसाधरणहरु भैरहवा राष्ट्र बैंकमा आउने गरेको निमित्त प्रमुख अधिकारीले बताए । उनका अनुसार बैंकबाट दैनिक ९ सय जनाले सेवा लिइरहेका छन् । बैंकले कुपन सिस्टम गरी दुई वटा काउन्टरबाट निकै व्यवस्थित तरिकाले नयाँ नोट वितरण गरिरहेको छ ।

नयाँ नोट सटही गर्नका लागि लाइनमा उभिएका भैरहवाका राजु क्षेत्रीले भने- ‘दशैमा पनि नयाँ नोेट नभए दशैनै खल्लो भए जस्तो लाग्छ , त्यसैले दशैका लागि नयाँ नोट लिन आएका हु ।’ बैंकको नयाँ नोट वितरण गर्ने व्यवस्था निकै सहज र राम्रो भएको बताउँदै उनले सम्पुर्ण नेपालीलाई दशैको शुभकामना समेत दिए ।

New Note Bhairhawa 2 New Note Bhairhawa 3 New Note Bhairhawa 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?