काठमाडौ । अभिनेता आर्यन सिग्देल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । चकलेटी नायकका रुपमा परिचित आर्यन चलचित्र ‘सुश्री’मा कमेडी भुमिकामा प्रस्तुत भएका हुन् ।
चलचित्र ‘सुश्री’ले रिलिजको पुर्ब सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम गरेर फिल्म बारे जानकारी समेत गराएको छ ।
अभिनेता आर्यन सिग्देलले कमेडी भुमिकामा अभिनय गर्न पाउँदा खुसी लागेको बताउदै ‘सुश्री’ राम्रो बनेको दाबी गरे । राजाराम पौडेलले पनि पारिवारिक परिवेशमा बनेको ‘सुश्री’ राम्रो बनेको दाबी गरे ।
यस चलचित्रमा राजाराम आर्यनको बुवाको भुमिकामा छन् । आशिका फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा आर्यन सिग्देल,आशिका तामाङ मुख्य भुमिकामा छन् । चलचित्रले स्वतन्त्र बिहेको कथालाई मुख्य बिषयका रुपमा उठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4