+
+

कपिलवस्तुमा तीन लाखको चल्ला नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ४ गते १३:४१

CHalla-nasta

४ कात्तिक, कपिलबस्तु । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर कपिलबस्तुले तीन लाख रुपैयाँ बराबरको अवैध रुपमा ल्याएको कुखुराको चल्ला नष्ट गरेको छ ।

बुधबार विहान विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैह्रेको कमाण्डमा खटि गएको ९ जनाको टोलीले कपिलबस्तको बिद्यानगर गाविस पाँचको मकौलीमा कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी गस्ती टोलीले तीन लाख बराबरको ८३ कार्टुन बोईलर कुखुराको चल्ला बरामद गरेकेा हो ।

तस्कारहरु सशस्त्र प्रहरी गस्ती टोलीलाई देखेर भगेका हुन । कृष्णनगरका स्थानीय भऽभलादमी, पत्रकार, समाजसेवीको रोहवरमा गुल्मको परिसरमा खाल्डो खनेर नष्ट गरेका थिए ।

सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?