+
+
Shares

सलमानको प्रस्ताव ठाडै अस्विकार गर्ने यी कस्ती नायिका ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १०:२१

urbashi-rataula
सन्नी देवल अभिनित चलचित्र ‘सिं साब द ग्रेट’वाट बलिउडमा डेब्यु गरेकी थिईन् मोडल उर्वसी रौलेलाले । आउँदो २० डिसेम्बरमा अमेरिकामा हुने ‘मिस युनिभर्स’ मा भारतीय सुन्दरीका रुपमा प्रतिस्पर्धा गरिरहेकी उर्वसीले सलमान खानको प्रस्ताव अस्विकार गरेकी थिइन् ।

नयाँ चलचित्र ‘सुल्तान’ मा नायिकाको लागि सलमानले उर्वशीलाई प्रस्ताब राखेपनि उनले प्रस्ताव ठाडै अस्वीकार गरिन् । ‘मिस युनिभर्स’ प्रतियोगितामा भिड्न भनेरै उनले सलमानको प्रस्ताव अस्विकार गरेकी थिईन् । ‘म हिरोईन भएकोमा भन्दा पनि मिस युनिभर्स भएकोमा बढी गौरब गर्छु ।’ उनले भनिन् ।

१७ वर्षको उमेरमा मोडलिङमा प्रवेश गरेकी उर्वसी अहिले २१ की भईन् । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितालाई पहिलो प्राथमिकतामा राखेकी उर्वसीले अभिनयमा पनि सक्रिय हुने योजना बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?