+
+

प्रधानमन्त्रीको प्रश्नः विदेशी ज्वाइँलाई छोरीसँगै नागरिकता पनि दिनु पर्ने ?

२१ मंसिर, चितवन। प्रधानमत्री केपी शर्मा ओलीले संविधानमा मधेसले भन्दा हिमाल र पहाडले कुन चाहिँ अधिकार बढि पाए भन्ने प्रश्न उठाएका छन् ।

चितवनको सौराहामा सोमबार शुरु भएको तराई मधेसका अगुवा कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राजनीतिक गर्ने कुनै मुद्दा बाँकी नहुने भएपछि केही समूहले जबर्जस्ती मधेसले केही नपाएको भनेर भ्रम छरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २१ गते २१:२२

KP-Oli-at-Chitwan

  • कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रासस

२१ मंसिर, चितवन। प्रधानमत्री केपी शर्मा ओलीले संविधानमा मधेसले भन्दा हिमाल र पहाडले कुन चाहिँ अधिकार बढि पाए भन्ने प्रश्न उठाएका छन् ।

चितवनको सौराहामा सोमबार शुरु भएको तराई मधेसका अगुवा कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राजनीतिक गर्ने कुनै मुद्दा बाँकी नहुने भएपछि केही समूहले जबर्जस्ती मधेसले केही नपाएको भनेर भ्रम छरेको बताए ।

ओलीले भने-‘संविधानका कुनै पनि धारामा हिमाल र पहाडका जनताले पाउने तर, मधेसले नपाउने भनेर कुनै व्यवस्था गरिएको छैन । कुन चाहिँ धाराले हिमाल र पहाडको भन्दा मधेशको कम अधिकार दियो ? बहस गर्न तयार छौं ।’

नागरिकताको प्रसंग उठाउँदै ओलीले छिमेकी भारतमा भन्दा नेपालमा नागरिकताको विधी लोकतान्त्रिक र उदार बनाइएको प्रष्ट पारे । ‘बुहारी आउनासाथ आफ्नो माइतीको नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ,यस्तो अन्त कहाँ छ ?’ ओलीले भने ।

ओलीले मधेसका जनताले नागरिकता पाउन कुनै पनि अप्ठ्यारो नहुने गरी व्यवस्था गरिएको बताए । उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता संवैधानिक पदमा हिमाल, पहाड र तराईका नेपाली नागरिकको बराबरी अधिकार रहने प्रष्ट पारे ।

उनले अंगीकृत नागरिकको सवालमा भने अन्तर्राष्ट्रिय प्रचलन पनि हेरिनुपर्ने धारणा व्यक्त गरे । छोरी बिहे गर्ने ज्वाँइलाई छोरीसँगै नागरिकता पनि दिएर पठाउन भने नसकिने उनले प्रष्ट पारे ।

नागरिकताबारे ओलीले भने-‘हाम्रो सामाजिक सांस्कृतिक परम्परा भनेकै छोरी दिने र बुहारी ल्याउने हो । बिहे गरेर छोराले विदेशीका छोरी ल्याए पनि तीनले आफ्नो माइतीको नागरिकता त्यागेर घर देशको नागरिक हुन्छिन् । छोरी बिहे गरेर लैजाने विदेशी ज्वाइँलाई एक थान नेपाली नागरिकता पनि दिएर पठाउनुपर्छ भन्ने कुरा कति उचित हो ?’

ओलीले यदि प्रक्रिया पुर्‍याएर विदेशी ज्वाइँले नेपाली नागरिकता लिन चाहेमा संविधानले कतै नरोकेको पनि प्रष्ट पारे । ‘नागरिकताको बारेमा मधेसले गुनासो गर्ने ठाउँ छैन’ उनले भने ।

अंगीकृत नागरिकताको विषय मधेसको मात्र नभएर हिमाल पहाड सबैतिर लागु हुने उनले बताए । संविधानको एउटा धारामा छुटेको समानुपातिक शव्द थप्ने र निर्वाचन क्षेत्र जनसंख्या र भूगोलका आधारमा निर्धारण गर्ने कुरामा संविधान संशोधन गर्न तयार रहेकेा पनि उनले बताए ।

सीमांकनको सन्दर्भमा राजनीतिक समिति गठन गरेर सम्बन्धित क्षेत्र र ठाउँका जनताको चाहना अनुसार हेरफेर गर्न सकिने उनले प्रष्ट पारे ।

दुई दिन चल्ने भेलामा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल, महासचिव घनश्याम भुषाल, सचिवहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल लगायतका नेताहरु सहभागी छन् ।

भेलामा झापादेखि कञ्चनपूरसम्म तराई मधेसका २२ जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी छन् । भेलाले एमालेको मधेस रणनीति तय गरेर अघि बढ्ने पोलिटव्यूरो सदस्य शत्रुघन महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?