१२ फागुन, पोखरा । तारा एयरको विमान सम्पर्कविहीन भएको खबर आएलगत्तै आफन्तहरु पोखरा र जोमसोम दुबै विमानस्थलमा भेला भएका छन् ।
विमान नभेटिँदा आफन्तहरु चिन्तित बनेका छन् । विमान दुर्घटनामा परेको आशंका बढ्दै गर्दा पोखरामा केही आफन्तहरु रोइरहेका छन् ।
हराइरहेको विमानको खोजी नेपाली सेनाको हेलिकोप्टरले पनि पोखरालाई बेस बनाएर गरिरहेको छ । म्याग्दीमा विमान दुर्घटनामा भएको आशंका गरिए पनि अझै भेटिएको छैन ।
पोखरामा जस्तै जोमसोम विमानस्थलमा पनि यात्रुका आफन्तजन र स्थानीयवासीहरु चिन्तित मुद्रामा भेला भइरहेका छन् ।
दुईवटै विमानस्थलका केही दृश्यहरु

तस्बिर: उमेश पुन/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment





प्रतिक्रिया 4