+
+

वामदेवको विश्लेषणः मधेस र थरुहट राज्य कहिल्यै थिएन

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १७ गते १८:३९

Bamdev Gautam

१७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मधेस र थरुहट राज्य कहिल्यै अस्तित्वमा नभएको बताएका छन् । साथै उनले बहुराष्ट्रिय राज्यको माग नेपाल विखण्डन गर्ने माग भएको समेत बताएका छन् ।

अखिल नेपाल किसान महासंघको राष्ट्रिय सम्मेलनका लागि गौतमले तयार पारेको सैद्धान्तिक-राजनीतिक प्रतिवेदनमा तराई-मधेसमा भएको आन्दोलन राष्ट्रिय स्वतन्त्रता, अखण्डता एवं सार्वभौमसत्ता विरुद्ध भएको बताएका छन् ।

नेपालमा मधेस राष्ट्र कहिल्यै नभएको भन्दै उनले भनेका छन्- ‘मधेस नामको राज्य कहिल्यै भएन, आज पनि छैन र भविष्यमा पनि हुने छैन । यो विषय आन्दोलन गरेर, नाकाबन्दी लगाएर, केही व्यक्तिलाई मारेर र नेपालमाथि आक्रमण गरेर पनि स्वीकार्य हुँदैन ।’

नेपाल राष्ट्रभन्दा अर्को राष्ट्र नभएको र नहुने भन्दै गौतमले भने, ‘नेपाललाई कुनै पनि सर्तमा र कुनै पनि अवस्थामा बहुराष्ट्रिय राज्य मान्न सकिन्न ।’

गौतमले आफ्नो राजनीतिक प्रतिवेदनमा मधेसीबारे लामै लेखेका छन् । इतिहासको कुनै काल खण्डमा भारतको उत्तर प्रदेशको ठूलो हिस्स्ाामा मध्यदेश भएको र नेपाल आएका त्यहाँका व्यापारीलाई ‘मधेसी’ भनिएको उनले बताएका छन् ।

एमाले उपाध्यक्ष गौतमले नेपालमा थरुहट राज्य पनि कहिल्यै अस्तित्वमा नभएको बताएका छन् । ‘थारू नेपालका आदिवासी भएको कुरामा कुनै विवाद छैन, तर थरुहट राष्ट्र र राज्य भएको कुरालाई तथ्यसङ्गत मान्न सकिन्न’ उनले भनेका छन् ।

गौतमले अघि लेखेका छन्, ‘राष्ट्र छैन, र राज्य पनि छैन । न त विगतमा कहिल्यै थरुहट राज्य थियो, न मधेश राज्य नै । आज कुनै विदेशीको उक्साहटमा मधेस र थरुहटको नाममा राष्ट्र माग्दैमा त्यो अवास्तविक कुरा वास्तविक हुन सक्दैन ।’

पहाडिया राजा र पहाडिया समुदायले तराईलाई आफ्नो शोषणको थलो बनाए भन्ने भ्रम मात्र भएको समेत गौतमले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।

तराईका सामन्त, जमिन्दार र व्यापारीहरुले नेपालको अर्थतन्त्रमा लामो समयसम्म एकाधिकार कायम गरेका भन्दै उनले भनेका छन्, ‘तराईमा ठूलो सङ्ख्यामा दलित, अपहेलित र पिछडा वर्गका जनतामाथि अमानवीय उत्पीडन गर्ने, आर्थिक शोषण गर्ने, तराईका तिनै सामन्त र  जमिन्दारहरु हुन् । अहिलेकोे मधेस आन्दोलनमा तिनीहरुकै प्रभाव सबैभन्दा बढी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?