Comments Add Comment

झलनाथले भने-अरुकै नेतृत्वमा पनि सरकार बनाउन सकिन्छ

'महाधिवेशनको धङधङी अझै सकिएन'

jhalanath-khanal४ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेभित्र पार्टीको नवौं महाधिवेशनको धङधङ्गी अझै नसकिएको बताएका छन । उनले अरुकै नेतृत्वमा पनि सहमतिको सरकार बनाउन सकिने उदघोष गरेका छन् ।

संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यकता औल्याउँदै नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बन्न नसके अरु कसैको नेतृत्वमा भए पनि त्यस्तो सरकार बनाउन सकिने धारणा राखे ।

खनालले भने, ‘हामी एकतावद्ध नभई मुलुक अघि बढ्न सक्दैन । अब संविधान कार्यान्वयन गर्न ३/४ वर्ष लाग्छ, त्यसका लागि पनि दलहरु एकतावद्ध हुन जरुरी छ । त्यसैले सबै पार्टी मिलेर सरकार बनाउनुपर्छ ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारै पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र कुनै गुट नरहेको दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले सामुन्नेमा बसेका खनालतिर देखाउँदै मिडियाले खनालले नबोलेको कुरो छाप्ने गरेको आरोप लगाएका थिए । ओलीले ‘नपत्याए झलनाथजीलाई सोध्नोस्’ समेत भनेका थिए ।
‘महाधिवेशनको धङधङी सकिएन’
ओलीले एमाले गुटबन्दी नरहेको बताएकै दिन रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा एमाले नेता खनालले भने- पार्टीको नवौं महाधिवेशनमा दुई गुट बनाएर चुनाव लडेको धङधङ्गी अझै मेटिसकेको छैन, तर अब मेटिनुपर्छ ।’

खनालले नारा लगाएको शैलीमा भने- ‘पार्टीभित्रको गुट-उपगुट मूर्दावाद, पार्टी एकता जिन्दावाद ।’ उनले थपे- पार्टीभित्रको गुट उपगुट विरुद्ध झलनाथ खनाल लड्छ ।’
कार्यक्रममा खनालले पार्टी अध्यक्ष ओलीले आफूमा दोहोर्‍याएर पदमा बस्ने आकांक्षा नभएकाले गुटबन्दी नगर्ने भनी गरेको टिप्पणी समेत स्मरण गरे ।

उनले औचित्य पुष्टि नगरेसम्म सात प्रदेशमा कुनै पनि हालतमा तलमाथि नहुने स्पष्ट पार्दै सात प्रदेशमा तलमाथि गर्न राष्ट्रिय जनमतको आवश्यकता रहेको दावी गरे । खनालले भने, ‘सात प्रदेशमा तलमाथि हुँदै तर एकाध ठाँउको कुरा हो भने बार्ताबाट मिलाउन सकिन्छ ।’

उनले मधेसको मुद्दा बार्ता र संबादको टेबलमा बसेर समाधान गर्नु पर्ने भन्दै मधेसवादी दलहरुलाई समस्या समाधानका लागि बार्तामा आउन आब्हान गरे । उनले भने,’एमालेको केन्द्रीय समितिको बैठकले पनि मधेसको मुद्दा समाधानको विषयमा निर्णय गरिसकेको छ । अब बार्तामा आएर समस्याको समाधान खोज्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment