+
+
Shares

सहायकमन्त्री विराज विष्टलाई बर्खास्त गर्ने राप्रपा नेपालको निर्णय

मन्त्री पदबाट हटाउन प्रधानमन्त्रीलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ६ गते १८:०७

Biraj-Bista
६ वैशाख, काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय विकास सहायक मन्त्री विराजबहादुर विष्टलाई फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले विष्टलाई मन्त्रीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

विष्टलाई मन्त्री पदबाट हटाउन राप्रपा नेपालले सोमबारै प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको छ । सहायक मन्त्री विष्ट पार्टीको वृहत्तर हित र एकताको विरुद्धमा संलग्न भएको पार्टीको ठहर छ ।

उनी पार्टीको नीति सिद्धान्त विपरीत गतिविधिमा लागेको प्रवक्ता श्रेष्ठले अनलाइनखबरलाई बताए ।

मन्त्री विष्टले शनिबार नारायणहिटी दरबार अगाडि सामान्तर राप्रपा नेपालको कार्यक्रममा सहभागिता जनाउँदै हुँदै देशमा राजतन्त्र चाहिने वकालत गरेका थिए ।

यो पनि पढ्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?