Comments Add Comment

रुखमा बसेको बाँदरले बचायो ३० जनाको ज्यान

monkeyसुन्नमा यो अनौठो तथा अपत्यारिलो लाग्नसक्छ तर सत्य घटना हो । एउटा बाँदरले ३० जना मानिसको ज्यान बचाइदिएको छ । यो घटना भारतको बैंगलोरमा भएको हो । यो कुनै अन्धविश्वास होइन, न त कुनै चमत्कार नै भएको हो ।

वास्तवमा गत शनिवार श्रीरंगापट्टनममा कावेरी नदीको तटमा एक धार्मिक अनुष्ठान भैरहेको थियो । जसमा एकै परिवारका ३० भन्दा बढि मानिस सहभागी थिए ।

सबै मानिस कावेरी नदीको पवित्र जलमा स्नान गरेर एउटा आँपको रुखमुनि पुजाका लागि बसेका थिए । त्यो आँपको रुखमाथि एउटा बाँदर बसेको थियो । बाँदरले अकस्मात पिसाब गरिदियो र त्यो पिसाब तल पुजा गर्न बसेका मानिसमाथि पर्यो ।

बाँदरले पिसाब गरिदिएपछि ब्रतालुहरु जिउ अपवित्र भएको भन्दै त्यहाँबाट उठे र बाँदरलाई गाली गलौज गर्न थाले । तर बाँदरले पिसाब गरिदिएपछि पनि अन्य तिन जना मानिस भने त्यहाँबाट उठेका थिएनन् ।

बाँदरले पिसाब गरिदिएर अधिकांस श्रद्धालुहरु पुजास्थलबाट उठेको केही बेरपछि त्यो आँपको रुख ढल्यो । पुजास्थलबाट उठेका सबै मानिस बँच्न सफल भए । तर तिनजना भने चपेटामा परे । ४० वर्षकी एक महिलाकेा ज्यान गयो भने दुइ जना घाइते भए ।

यो घटनापछि बँच्न सफल मानिसहरु शोक तथा आश्चर्यमा परे । बाँदरले पिसाब गरिदिएर अपशकुनको संकेत दिएको कुरा उनीहरुले पछि मात्र बुझे ।

आफ्ना एक सदस्यको मृत्यु भएपनि बाँदरकै कारण धेरैको ज्यान जोगिएकोमा उनीहरुले बाँदरलाई धन्यवाद पनि दिए । यदि बाँदरले पिसाब गरिदिएको थिएन भने त सबै मानिस पुजामा व्यस्त रहेको बेलामा त्यो आँपकेा रुख ढलेर सबैलाई किच्ने रहेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment