Comments Add Comment

सिंहदरवार क्षेत्रका घुमन्ते कुकुरको बन्ध्याकरण, चिप्स जोडेर निगरानी

kukurko-bandhyakaran
८ वैशाख, काठमाडौं । सिंहदरबार क्षेत्रमा रहेका ५६ वटा सामुदायिक (घुमन्ते) कुकुरको बन्ध्याकरण गरिएको छ । सिंहदरबार क्षेत्रमा रहेका ८० वटा सामुदायिक कुकुरमध्ये  २१ भाले र ३५ वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको हो ।

ती कुकुरमा माइक्रो चिप्स पनि राखिएको छ । सिंहदरबार पुननिर्माण समितिको सचिवालय, काठमाडौं महानगरपालिका, हृयुमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटको साझेदारिमा सुरु भएको अभियानअन्तर्गत बन्ध्याकरण गरिएको हो ।

नगर क्षेत्रभित्र रहेका कुकुरहरुको वैज्ञानिक व्यवस्थापनका थालिएको ३ करोड रूपैयाँको परियोजनाको उद्घाटन पशु पंक्षी विकास मन्त्री शान्ता मानवीले गरिन् ।

shanta-manabi-pasu-bikas-2
सिंहदरबारलाई सामुदायिक कुकरबाट असर मुक्त बनाउने लक्ष्यसहित यो कार्यक्रम गरिएको हो । कुकुरमा भएको संक्रामक रोग फैलने, सवारी र ट्राफिक व्यवस्थामा अवरोध गर्नेे, फोहोर यत्रतत्र छर्नेे र कुकुरको संख्या गुणात्मक रुपमा बढ्ने अवस्थामा सुधार ल्याउन अभियान चलाइएको हो ।

kukurko-bandhyakaran2
अभियानमा कुकुरहरुमा माइक्रो चिप्स राखेर आचरणमा निगरानी गर्ने, उनीहरु सिंहदरबार कुन-कुन गेटबाट भित्रबाहिर गर्छन् पत्ता लगाइ नियन्त्रण गरेर अन्य कुकुरसँग सम्पर्क घटाउने, कुकुरको बन्ध्याकरण गर्ने तथा संक्रामक रोग विरुद्ध खोप लगाउने काम भइरहेको छ ।

कार्यक्रमअन्तर्गत महानगरभित्रका समग्र कुकुर संख्याको व्यवस्थापनमा समुदाय परिचालन, नीतिनिर्माण, शिक्षा, खोप तथा बन्ध्याकरण अभियान सञ्चालन हुनेछ ।

kukurko-bandhyakaran3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment