Comments Add Comment

इलामका किसानले अदुवा बेचेर डेढ अर्ब कमाए

रासस

aduwa-ginger
११ वैशाख, इलाम । इलाममा य वर्ष डेढ अर्ब रूपैयाँ मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा उत्पादन भई प्रतिमन रु एक हजार तीन सय ५० ले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५०० रूपैयाँ भित्रिएको छ ।

चौंसाठी हजार पाँच घरघुरी रहेको इलाममा ३२ प्रतिशत परिवारले अदुवा खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए ।

तीन हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । गत वर्षको तुलनामा एक सय मेट्रिक टन अदुवा उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

गत वर्षभन्दा उत्पादन बढेपनि मूल्य घटेकाले आम्दानी घटेको छ । गतवर्ष तीन अर्ब बराबरको अदुवा विक्री भएको काफ्ले बताउँछन् । कार्यालयका अनुसार गतवर्षको तुलनामा अदुवाको मूल्यमा ६२ प्रतिशतले कमी आएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आव २०७१÷०७२ मा दुई करोड ४५ लाख रूपैयाँको ४८ हजार ६५७ किलो अदुवा निकासी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment