+
+
Shares

प्रधानमन्त्री ओलीले सके भोजभतेरमै तीन करोड

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १२ गते ६:५४

Kp-oli१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर समालेको एक वर्ष नपुग्दै आधा दर्जन भन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् ।

सरकारले चालु आर्थिक वरषको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई खाजा, भोज भतेरलगायत खर्च (विविध शीर्षक)का लागि एक करोड ५० लाख रुपैयाँ दिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओलीले आनवश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मान्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ ।

अर्थले बजेट उपशीर्षक नम्बर  ६०२०२३३  बाट षयो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई निकासा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?