+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लुम्बिनी अञ्चल अस्पतालका कर्मचारी आन्दोलनमा, काम प्रभावित

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ वैशाख १४ गते १७:२९
Lumbini-Zonal-Hospital-Strike
आन्दोलनरत अस्पतालका कर्मचारीहरु

१४ वैशाख, बुटवल । लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि कामकाज प्रभावित भएको छ । कर्मचारी युनियनको नेतृत्वमा विगत ३ दिनदेखि अस्पतालमा आन्दोलन जारी छ ।

आन्दोलनकारीले संवेदनशील क्षेत्र अस्पताल अगाडि नाराबाजी गर्दै प्रदर्शन गरे ।

आन्दोलनमा उनीहरुले २०४६ सालदेखि अस्थायी सेवा गरेर स्थायी भएका कर्मचारीहरुको ७५ प्रतिशत सेवा अवधि अस्थायी सेवामा गणना गरिनुपर्ने, विकास समिति कर्मचारीहरुको स्तरवृद्धि तथा वढुवा गरिनुपर्ने, करार सेवामा कार्यरत कर्मचारीलाई आन्तिरिक प्रतियोगिता मार्फत स्थायी गरिनुपर्ने माग राखेका छन् ।

यसैगरी अस्पताल बिकास समितिले विभिन्न दरवन्दी श्रृजना गरी अस्पताललाई भर्तीकेन्द्र वनाएकाले त्यो तत्काल बन्द गरिनुपर्ने, अस्पतालको आम्दानी र खर्च श्वेतपत्रमार्फत सार्वजनिक गरिनुपर्ने, लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरवृद्धि गरी केन्द्रीय अस्पतालले दिने सेवा सुविधा सुचारु गर्नुेपर्ने उनीहरुका माग छन् ।

आफूहरुका ६ सुत्रीय माग पूरा नभए अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गर्ने लुम्बिनी अञ्चल अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाले चेतावनी दिए ।

पटक-पटक आफूहरुले राखेका मागहरु अस्पताल विकास समिति र अस्पताल प्रशासनले चासो नदेखाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको आन्दोलनका संयोजक रामबहादुर पिएसले बताए ।

उनले बैशाख १२ गतेदेखि १८ गतेसम्म कालोपट्टी बाँधेर काम गर्ने, प्रशासनमा धर्ना दिने जस्ता कार्यक्रमहरु रहेको जानकारी दिए । यति गर्दा पनि सुनुवाइ नभए युनियनले कठोर निर्णय गरेर अगाडि बढ्ने उनले चेतावनी दिए ।

ट्रेड युनियन कांग्रेसको ऐक्यवद्धता

लुम्बिनी अञ्चल अस्पतालमा आन्दोेलनरत कर्मचारीको पक्षमा नेपाल ट्रेड यनियन कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

लामो समयदेखि काम गरिरहेका कर्मचारीहरुको सेवा सुविधाको विषयमा अस्पतालले बेवास्ता गरेकोप्रति गंभीर ध्यानाकर्षण भएको भन्दै ट्रेड युनियनले तत्काल कर्मचारीहरुसंग संवाद गरी समस्याको समाधान गर्न विज्ञप्तिमार्फत माग गरेको छ ।

टे्रड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कर्मचारीका समस्यालाई नजरअन्दाज गरी नयाँ कर्मचारी भर्ना गर्न निकालिएको विज्ञापन खारेज गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?