+
+

नक्कली लाइसेन्सका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते १७:२८

१५ वैशाख, काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते गरेर नक्कली लाइसेन्स बनाएको अभियोगमा अदालतबाट दोषी ठहर एक व्यक्तिलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।

Naresh-Awal-arrestedसरकारी छाप र दस्तखत किर्ते गरेर लाइसेन्स बनाएको भन्दै काठमाडौं जिल्ला अदालतले दोषि ठहर गरेर फरार भएका ललितपुरका नरेश अवालेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

०६८ साल असार २४ गते ट्राफिक चेकिङको क्रममा नक्कली लाइसेन्स सहित पक्राउ परेर ५ हजार धरौटीमा छुटेका अवालेलाई ०६८ साल मंसिर ४ गते जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकेको थियो । उनी उक्त सजायँ भुक्तान नगरी फरार थिए ।

पछिल्लो फैसला कार्यान्वयन गर्ने अभियानमा सक्रिय सिआइबीको टोलिले अवालेलाई करिब ५ वर्षपछि ललितपुरबाटै पक्राउ गरेको हो ।

००६८३०६०२ नम्बरको नक्कली लाइसेन्स बोकेर बा २ च ५०५२ नम्बरको भ्यान चलाउँदा अवाले पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?