२१ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागका लेखा अधिकृत प्रकाश आचार्य घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले उनलाई १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
एक मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिनका लागि उनले घुस लिएका थिए ।
उनले यसअघि यही कामका लागि १० हजार रुपैयाँ घुस लिइसकेका थिए । आचार्यलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले लानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4