Comments Add Comment

सरकारले ५ सय कृषि प्राविधिकका लागि जागिर खोल्यो

jta-krishi-prabidhik
२१ वैशाख, काठमाडौं । कृषि प्राविधिक अन्गरत जेटीए कोर्स पुरा गरेर जागिर खोज्दै हुनुहुन्छ ? त्यसो हो भने करार सेवामा सरकारी जागिरको सुनौलो अवसर छ ।

सरकारले ‘एक गाउँ, एक कृषि सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना कृषि सेवाअन्तरगतको कृषि प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ । द्वितीय श्रेणि अन्तरगत नायव प्राविधिक सहायकमा पदमा ५ सय जना माग भएको हो ।

कृषि मन्त्रालय अन्तरगत कृषि विभागले जिल्लाअनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर खुलातर्फ २८०, महिलामा ७९,  आदिबासी जनजामा ६८, मधेसीमा ४६ र दलिकोटमा २७ जना प्राविधिक माग भएको छ । ७३ जिल्लाका लागि कृषि प्राविधिकको माग गरिएको छ ।

कृषि प्राविधिक अन्तरगत करारमा सेवा गर्न चाहनेले जेठ ३ गतेसम्म आवदेदन दिनुपर्ने विभागले जनाएको छ । यसका लागि एसएलसी उत्तीण भएर कृषि विज्ञानमा जीटिए पास गरेको वा यही विषयमा टी-एसएलसी गरेको हुनुपर्नेछ ।

सरकारले केही दिन अघि ५ सय पशु प्राविधिक माग गर्दै पनि दरखास्त आह्वान गरेको थियो ।

कुन जिल्लामा कतिको माग ? विज्ञापन हेर्नुस्
krishi-prabidhik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment