
कृषि विकास मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषि क्षेत्र आधुनिक तथा व्यावसायिक नहुँदासम्म पेन्सनको व्यवस्था जरुरी रहेको बताउँदै वास्तविक कृषक पहिचानका लागि प्रस्ट मापदण्ड बनाइने बताए।
मन्त्री गजुरेलले मुलुकमा उत्पादनको स्रोत तथा साधनको पहुँचबाट बाहिर रहेका जनतालाई राज्यको मूलधारमा ल्याउन सकेमा देशमा आर्थिक विकास हुन सक्ने विचार व्यक्त गरे।
कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले देशमा युवा जनशक्तिको अभावले जमिन बाँझो रहेको अवस्थामा कृषि क्षेत्रमा संलग्न कृषकलाई आकर्षक गराउनुपर्नेमा जोड दिए।
सोही मन्त्रालयका परामर्शदाता डा हरि रोक्काले कृषि पेसालाई मर्यादित बनाउन तथा कृषकको आर्थिक अवस्थालाई सबल बनाउन सहभागिताका आधारमा किसान पेन्सन वा सुरक्षाको व्यवस्था हुनुपर्ने विचार राखे। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4