+
+
Shares

एमाओवादी संसदीय दलमा प्रश्न-‘अध्यक्ष दाहाल खै’

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते ६:४८

Prachanda_1२५ वैशाख, काठमाडौं । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासदहरु निर्धारित सममा उपस्थित भइसकेका थिए ।

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरुले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्कमल दाहालको कुर्सितिर निरन्तर आँखा लगाइरहे । आजको अन्नपूर्णमा समाचार छ ।

उनीहरु सायद चार दिनयता नेपालको राजनीतिमा उठकेका प्रश्नहरुको उत्तर दाहालकै मुखबाट सुन्न चाहन्थे । तर उनीहरको यो चाहना पूरा हुन पाएन ।

अध्यक्ष दाहाल उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो । बैठक अवधिभर उनीहरुले एकआपसमा खासखुस गर्दै प्रश्न गरे-‘अध्यक्ष दाहाल खै ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?