Comments Add Comment

शान्ति सेनामा बीरगति पाउने २ नेपालीलाई राष्ट्रसंघको सम्मान

५ जेठ, काठमाडौं । शान्ति सेनामा बीरगति पाउने दुई नेपालीहरुलाई संयुक्त राष्ट्रसंघले सम्मान गर्ने भएको छ । शान्ति सेना दिवसको अवसरमा राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजना हुने विशेष कार्यक्रममा दुई नेपालीसहित १२८ जनालाई सम्मान गर्न लागिएको हो ।

Dag-Hammarskjold-Medal
सम्मानित हुनेहरुले पाउने मेडल । तस्वीर: संयुक्त राष्ट्रसंघ

यही मे २९ तारिक अर्थात् यही जेठ १६ गते शान्ति सेना दिवस पर्दछ ।

सम्मानित हुने नेपालीहरुमा केहरसिंह थापा र बलबहादुर नेपाली छन् । नेपालीको कंगोमा र थापाको सुडानको डार्फरमा शान्ति सेनामा खटिएकाबेला मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाली र थापासहित बिभिन्न देशका १ सय २८ जनालाई सम्मान गरिने राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको आह्वानमा बिभिन्न देशमा शान्ति स्थापनाका लागि उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी र सर्बसाधारणलाई सम्मान गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment