१४ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले आफ्नो परिवारका विषयमा कुराकानी गरेका छन् । र, आफ्नो छोरा स्पेनिस क्याटलान बार्सिलोनाको समर्थक हुन नसक्ने दाबी गरेका छन् ।
रोनाल्डोले एक स्पेनिस टेलिभिजनसँग आफ्नो छोरा र आमासँगको सम्वन्धबारे बोलेका हुन् ।
रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले आफ्नो छोराले जीवनमा धेरै परिर्वतन आएको उनले दाबी गरेका छन् । ‘उनले बार्सिलोनालाई समर्थन गर्नु असम्भव छ । किनकी उसमा मेरो जिन छ, रोनाल्डोले भनेका छन्, ‘यदि उसले यो धरातललाई छाड्छ भने मलाई स्वीकार छ ।’
आमा आफ्नो परिवारको पिल्लर भएको उनले बताए । उनले आफू र छोरालाई निकै मदत गरेको उनले बताए । उनले अघि भने, उन (छोरा) को आमा छैन । उनको आमा र बाबु एकै छ । त्यो म हुँ ।’
प्रतिक्रिया 4