Comments Add Comment

माइग्रेनका कारण हृदयाघातको खतरा

migraineandheartमाइग्रेन अर्थात् एकपाखो टाउको दुख्ने समस्या भएकाहरुका लागि दुखको खबर छ । शोधकर्ताहरुका अनुसार माइग्रेनको समस्याले आफुसँगै हृदयाघातको जोखिमलाई पनि लिएर आएको हुन्छ ।

जर्मनीको इन्स्टिटच्युट अफ पब्लिक हेल्थ र अमेरिकाको हार्वर्ड टिएच चान स्कूल अफ पब्लिक हेल्थमा माइग्रेन, हृदय रोग तथा मृत्युबीचको सम्बन्धका विषयमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययन अनुसार माइग्रेनले केवल मानिसको मस्तिष्कलाई प्रभाव पार्नेमात्र होइन की हृदयरोगबाट मानिसलाई मृत्युको मुखमा समेत पूराउन सक्छ ।

माइग्रेनलाई मुटुरोगको एक ठूलो खतराको रुपमा लिनुपर्ने भन्दै शोधकर्ताहरुले माइग्रेन तथा हृदयरोग सम्बन्धी समस्या कतिपयलाई बाल्यकालदेखि नै सुरु हुने ।  खासगरी माइग्रेनको समस्या भएका महिलाहरुमा हृदयाघात तथा मस्तिष्क घातको खतरा विस्तारै बढ्ने गर्दछ । उनीहरुको मृत्यु माइग्रेन नभएका महिलाको भन्दा छिटो हुने गरेको छ । यस सम्बन्धी शोध बिएम जे नर्जलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment