+
+

नेपाली कामदारमाथि शोषण गर्ने खाडी र मलेसियाका ५८ कम्पनी कालोसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते ६:४१

saudi-arebia२८ जेठ, काठमाडौं । सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको आजको कारोबार दैनिकले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् ।

कालो सूचीमा पर्नेमा साउदी अरेबिया, कतार, युएई र मलेसियाका कम्पनीहरु छन् ।  कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएईको १, कतारका २ र साउदी अरेबियाका ३ कम्पनी छन् ।

वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराईले रोजगारदाता कम्पनीहरुले नेपाली कामदारलाई शोषण गर्दै आएकाले कालोसूचीमा राखिएको जाकारी दिएका छन् ।

मलेसियाको केएफसी होल्डिङ, एएचएम कन्सल्टेन्सी एन्ड सर्भिस, एचएलएच बुड इन्डस्ट्रिजलगातका कम्पनी कालोसूचीमा परको विभागले जनाएको छ । यस्तै युएईको अलहमेद डेभलपमेन्ट कन्सट्रक्सन तथा साउदीइ अरेवियाका महरा एचआर कम्पनी लगायतका कालोसूचीमा परेका छन् ।

सम्बन्धित मुलुकमा नेपाली दूतावास र विभागमा परेका उजुरीका आधारमा रोजगारदाता कम्पनीललाई कालोसूचीमा राखिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?