+
+
Shares

युरो कप अघि फुटबल समर्थकबीच झडप, दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते १४:१७

Football-fan--clash

युरो कपको पहिलो खेल अघि फुटबल समर्थकहरुबीच झडप भएको छ र, फ्रान्स पुलिसले अश्रुग्यास हानेको छ ।

मार्सेलिएमा इंग्ल्याण्डका फुटबल समर्थक र स्थानीयबीच झडप भएको हो । त्यस क्रममा दुई इंग्लिस फुटबल समर्थक पक्राउ परेका छन् ।

एकलाई बारम्यानमाथि आक्रमण गरेको र अर्कालाई हिस्रक बनेको आरोपमा पक्राउ गरिएको फ्रान्स पुलिसले बताएको छ ।

इंग्लिस फुटबल समर्थकहरु शनिबार रुसविरुद्ध हुने खेलका लागि मार्सेलिए गएका छन् । र, उनीहरुले क्विन भिक्टोरिया पब बाहिर क्याम्प नै खडा गरेका छन् ।

समाचारहरुमा जनाइए अनुसार इंग्ल्याण्डका केही समर्थकहरुले आईएस कहा छौं भन्ने नारा लगाएक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?