Comments Add Comment

इग्ल्याण्डका हेर्न लायक खेलाडी हृयारी केन

harry-kane

युवा खेलाडीको बाहुल्यता रहेको यसपटकको इंग्ल्याण्डको टोलीमा यस्ता थुप्रै प्रतिभाशाली खेलाडीहरु छन्, जसलाई युरोपेली फुटबलको भविश्य मान्न थालिएको छ ।

यस्तै खेलाडीमध्येका एक हुन् टोटनहृयामका स्ट्राइकर हृयारी केन ।

गएको सिजन टोटनहृयामबाट लिगमा सर्बाधिक २५ गोल गरे सबैको नजरमा पर्न सफल २२ बर्षीय स्ट्राइकर केन यस युरोमा इंग्ल्याण्डको टोलीबाट हेर्नलायक खेलाडीको रुपमा दरिएका छन् ।

इंग्लिस टोलीबाट मात्र १२ खेल खेलेका उनले ५ गोल गरेका छन् । इंग्लिस प्रशिक्षक रोय हट्सनका गोलमेसिन केनले कप्तान वायन रुनी र प्रिमियर लिग बिजेता लिसेस्टर स्टार जेमी भार्डीसँगको तालमेल कस्तो हुनेछ त्यो आजै राति पौने १ बजे हुने रसियाबिरुद्धको खेलमा देखिनेछ ।

प्रतियोगिताको छनोट चरणमा केनले ३ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment