Comments Add Comment

तीन महिनामा अण्डा गोटाकै ६ रुपैयाँ महंगो, उत्पादन घटेको दावी

egg
३२ जेठ, काठमाडौं । पछिल्लो समयमा अण्डाको खुद्रा मूल्य उच्च दरमा बढेको छ । बितेको तीन महिनामा कुखुराको अण्डाको भाउ ६ रुपैयाँले महँगिएको छ ।

गर्मीका कारण उत्पादन घट्दा मूल्य बढेको अण्डाम उत्पादक संघले जनाएको छ । अहिले बजारमा अण्डा प्रति गोटा १५ रुपैयाँमा कारोबार भइरहेको छ । संघले तोकेको खुद्रा मूल्य १४ हो ।

तर, ब्यापारीहरुले खुद्रा मूल्य १५ रुपैयाँ बनाएका छन् । कतिपय पसलमा त्यो भन्दा पनि महंगोमा अण्डा बिक्री भइरहेको छ । झण्डै ३ महिना अघिअण्डाको अण्डको प्रतिगोटा मूल्य ९ रुपैयाँ थियो । दुई महिना अघि प्रतिक्रेट दुई सय ८० रुपैयाँ प्रति क्रेट रहेको अण्डाको मूल्य अहिले ४ सय रुपैयाँमा पुगेको छ ।

‘गर्मी बढेपछि उत्पादनमा निकै कमी आएको छ’ संघका अध्यक्ष शिबराम केसीले भने-‘त्यसै कारण बजारमा आपूर्ति असहज हुँदा मूल्य बढेको हो ।’

उनले पछिल्लोपटक १ रुपैयाँ मात्रै मूल्य बढाइएको दावी गरे । उनकाअनुसार यसअघि खुद्रा मूल्य १३ थियो । तर, उत्पादन घट्ने क्रम जारी रहँदा मूल्य बढाउनुपरेको उनको भनाइ छ । यो भाउ गत दुई वर्षयताकै उच्च हो ।

देशमा दैनिक २३ लाख गोटा अण्डाको माग छ । तर, अहिले मुस्किलले १८ लाख अण्डा मात्रै उत्पादन भइरहेको अध्यक्ष केसीले बताए ।
गतवर्ष भूकम्प र नाकाबन्दीका कारण अण्डाको माग घट्दा मूलय पनि खासै माथि जान सकेको थिए । तर, यसवर्ष भने अण्डको मूल्य पनि निरन्तर उकालो लाग्ने क्रममा देखिएको छ ।

उत्पादन बढ्नासाथ अण्डको मूल्य घट्ने अण्डा उत्पादक संघको दावी छ । उपत्यकामा खपत हुने अण्डा विशेष गरी चितवान, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट आउने गरेको छ । प्रमुख रुपमा भने चितवनमा अण्डा उत्पादन बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment