Comments Add Comment

वर्षा लागेपछि रेकडिङ सुरु हुन्छ मन्जुको

Manju poudelकाठमाडौं । असार लागेपछि तराई र पहाडी क्षेत्रका किसान खेतीको जोहोमा जुट्छन् । तराईका कतिपय स्थानमा खेत रोपाई सुरु भैसकेकेको छ भने पहाडी क्षेत्रमा धमाधम धान र कोदोको बिउ राख्ने क्रम सुरु भएको छ ।

गायिका मञ्जु पौडेल शहरमा बसेर संगीतको खेती फैलाउन ब्यस्त छिन् । हरेक वर्ष जस्तै यसपालीको वर्षामा पनि गीत रेकडिङ ब्यस्त छिन् । ‘असार साउनममा सबै भन्दा धेरै गीत रेकडिङ हुन्छ मेरो’ अनलाइनखबरसँग कुरा गर्दै मञ्जुले भनिन् ।

गायनको अतिरिक्त कार्यक्रम प्रस्तोता समेत रहेकी मञ्जु हरेक वर्ष मंसिर, पुस, माघ र फागुनमा स्वदेशमै आयोजना हुने विभिन्न कार्यक्रममा ब्यस्त हुन्छिन् । चैत, वैशाख र जेठ प्राय विदेशमै बित्छ ।

‘यसपाली पनि दिल्ली, अष्ट्रेलिया र हङकङमा कार्यक्रम गरेर आएँ ।’ उनले भनिन् । नयाँ वर्षको अवसरमा विदेशमा आयोजित साास्कृतिक कार्यक्रममा सहभागी हुने गरेकी छिन् उनी ।

केहि वर्षदेखि उनको यस्तै शैलिको रुटिङ बनेको छ । असार र साउनमा धेरै जसो रेकडिङ । ‘यसपाली तीज र अरु केहि लोक गीत रेकर्ड गर्दैछु’ मञ्जुको भनाई थियो ।

प्राय टिपिकल शब्दमा गाउँदै आएकी मञ्जुले यसपाली तीज केन्द्रित दुईटा गीतमा स्वर दिईसकिन् भने अरु दुई गीत गाउने योजना छ । उनको भनाइ अनुसार उनलाई धेरै गीत गाउनु छैन । थोरै तर, राम्रा गीत गाउने योजनामा रहेकी मञ्जु भन्छिन् ‘यसपालीको गीत अर्को तीजमा पनि दर्शकले सुन्ने खालको होस् भन्ने चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment