२ असार, बुटवल । रुपन्देहीको देवदह-८, शितलनगरमा मिनीबस र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।
देवदहको खैरेनीदेखी बुटवल तर्फ आउँदैगरेको लु १२ प ९४३८ को मोटरसाइकल बिपरित दिशातर्फ गइरहेको ना १ ख ७४३६ नम्वरको मिनिवस ठोक्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा देवदह-६ निवासी बर्ष २४ का जनक वलालको घटनास्थलमा नै मृत्यु भएको देवदह प्रहरीले जनाएको छ । मोटरसाइकलले माइक्रो वसलाई ओभरटेक गर्न खोज्दा उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृतकलाई पोष्टमाष्टमको लागि लुम्विनी अञ्चल अस्पताल लगिएको र ठक्कर दिने मिनीवसलाई वडा प्रहरी कार्यालय बुटवलमा राखिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4