+

पल्सर स्पोर्टस् अवार्ड साउन ६ मा हुने

२०७३ असार  ५ गते १६:१२ २०७३ असार ५ गते १६:१२
पल्सर स्पोर्टस् अवार्ड साउन ६ मा हुने

Sports-Award1

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्दै आएको स्पोर्ट्स अवार्डको यस बर्षको संस्करण आगामी साउन ६ गते अायोजना गर्ने भएको छ । भूकम्पका कारण अघिल्लो बर्ष अवार्ड वितरण हुन सकेको थिएन ।

मञ्चले आइतबार पत्रकार सम्मेलन गरी स्पोर्टस अवार्ड-२०७२ आगामी साउन ६ गते बितरण गर्ने जानकारी दिएको हो । अवार्डलाई हंसराज हुलासचन्द एण्ड गोल्छा ग्रुप अन्तर्गतको बजार मोटरसाइकलले प्रायोजन गरेको हो ।

अघिल्ला संस्करणमा जस्तै यस बर्षपछि आठ बिधामा अवार्ड वितरण गरिनेछ । बर्षको उत्कृष्ट पुरुष, महिला र उत्कृष्ट युवा खेलाडी बिधामा अवार्ड दिइनेछ । त्यस्तै उत्कृष्ट प्रशिक्षक, लोकपि्रय खेलाडी, लाइफटाइम एचिभमेन्ट अवार्ड, बर्षको उत्कृष्ट पारा एथ्लिट अवार्ड र स्पेसल अवार्ड गरी आठ बिधामा उत्कृष्ट हुनेहरुलाई वितरण गरिनेछ ।

खेलाडीले बर्ष २०७२ भरि गरेको प्रदर्शनको आधारमा मनोनयनमा परेकाहरुमध्येबाट उत्कृष्ट छनौट गरिने मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए । त्यस्तै लोकपि्रय खेलाडीका लागि भने मनोनयन सार्वजनिक भएपछि एसएमएस भोटिङको आधारमा छनौट गरिनेछ । उत्कृष्ट खेलाडीको मनोनय छिट्टै गरिने मञ्चले जनाएको छ ।

उत्कृष्ट महिला, पुरुष र लोकपि्रय खेलाडीले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर हरेक बर्ष जुलाई २ मा बितरण गरिँदै आएको अवार्ड यसबर्ष केहि ढिला बितरण गर्न लागिएको हो । यस बर्षको अवार्ड बितरण समारोह सम्पन्न गर्नका लागि ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

Sports-Award

हंसराज हुलासचन्द एण्ड कम्पनीसँग पाँच बर्षको सम्झौता

बिगत सात संस्करणदेखि स्पोर्टस् अवार्डको प्रायोजन गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले प्रायोजन सम्झौता ५ बर्ष थपेको छ । पत्रकार सम्मेलनमा कम्पनीका शेखर गोल्छा र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार यस बर्षको अवार्डका लागि कम्पनीले तीन पल्सर मोटरसाइकलसहित १५ लाखको प्रायोजन गर्नेछ । प्रयोजन रकम आगामी बर्षदेखि बढाउँदै लगिने सम्झौता भएको बताइएको छ ।

तस्वीरः एनसजेएफ

पल्सर स्पोर्टस् अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय