Comments Add Comment

ओलिभर जिरोर्ड भर्सेस एरोन गन्नरसन

players (11)

ओलिभर जिरोर्ड

मैदानको अर्को छेउमा फ्रान्सेली स्ट्राइकर ओलिभर जिरोर्डसँग आइसल्याण्डका डिफेण्डरहरु रग्नर सिर्डसन र कारी अर्नासनको टसल हेर्नलायक हुनेछ । आयरल्याण्डबिरुद्धको खेलका आर्सनल स्ट्राइकर जिरोर्डले भलै गोल गर्न सकेनन् तर विपक्षीमाथि दवाव बनाउन र गोलका अवसरहरु सृजना गर्न उनको भुमिका उल्लेख्य रहृयो । फ्रान्सको दोस्रो गोलमा उनले एन्टोइन गि्रजम्यानको गोलका लागि बलसमेत पास दिएका थिए ।

प्रशिक्षक डेसच्याम्पले ४-२-३-१ को फर्मेसनमा टोली मैदानमा उतार्केछन् । किनकि आयरल्याण्डबिरुद्ध दोस्रो हाफमा उनको प्रदर्शन प्रभाबकारी देखिएको थियो । त्यस्तो हुँदा जिरोर्ड अग्रपंक्तिमा गि्रजम्यानको पछाडि रहेर खेल्नेछन् ।

यी आर्सनल स्टार फ्रान्सको आक्रमणको केन्द्रबिन्दू बन्नेछन् र आफ्नो क्षमताअनुसार बल नियन्त्रणमा लिने र चुस्त पास उपलब्ध गराउने भुमिकामा हुनेछन् । यदी उनले गि्रजम्यानसँगको तालमेत मिलाउन सके भने फ्रान्स आइसल्याण्डमाथि हावि हुने निश्चित छ ।

एरोन गन्नरसन

कप्तान गन्नरसन आइसल्याण्ड टोलीका मुटु र आत्मा दुवै हुन् । मिडफिल्डमा उनको रक्षात्मक क्षमता र टोलीको प्रगतिको लागि उनको नेतृत्वदायी क्षमता कसैको भन्दा कम छैन । उनको प्रदर्शनमा सम्मान गर्नुपर्ने कुरा त अझ के हो भने उनी चोटका बाबजुदपनि टोलीको सफल नेतृत्व गरिरहेका छन् र प्रतियोगिता लगत्तै जतिसक्दो चाँडो उनको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

तरपनि उनी आइसल्याण्डको टोलीबाट पछिल्लो चारमध्ये ३ खेलमा पूरै समय खेलेका थिए । प्रतियोगितामा रहिराख्न टोलीका लागि उनको योगदानपनि त्यत्तिकै हेर्नलायक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment